logo
शनिबार, साउन ३० २०८३

कमल १ का पाण्डे परिवार लाई दश लाख रुपैयाको चेक हस्तान्तरण


  • कुइनेटो न्युज
  • मंगलबार, जेष्ठ १३ २०८२

कमल । झापाको कमल गाउँपालिका १ का पूर्ण बहादुर पाण्डेलाई आज एक कार्यक्रमका बिच दश लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

गतवर्ष असोज १२ गते भक्तपुर स्थित बल्खु खोलामा आएको वाढी मा परेर कमल गाउँपालिका १ का सुभास पाण्डेको मृत्यु भएकोले वहाँ कार्यरत कम्पनीका तर्फ प्राप्त चेक प्रदान गरिएको हो ।

छोराको मृत्यु भए पछि नातिनि को पालन पोषणका लागी भन्दै वहाँ कार्यरत कम्पनि वैवभ पावर नेपाल लिमिटेड काठमाडौँका तर्फ बाट प्राप्त १० लाख भएको चेक कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र वडा नम्बर १ का वडा अध्यक्ष केदार कटुवालले संयुक्त रुपमा मृतक बुबा पूर्ण बहादुर पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो ।

वैवभ पावर नेपाल लिमिटेड काठमाडौँमा कार्यरत मृतक पाण्डेकी छोरी लसिका पाण्डे अहिले ७ वर्षकी हुनुहुन्छ लसिका सावालक नहुन्जेल प्राप्त रकमको ब्याज बाट उनको पालनपोषण गर्ने गरि सो रकम राष्ट्रिय वाणिज्य बैकमा जम्मा हुने पाण्डे परिवारले जनाएको छ ।


आर्थिक अवस्था अत्यन्तै न्युन भएका पाण्डे परिवारलाई कम्पनिका तर्फ बाट  यस अधि काजकिरिया खर्च समेत उपलब्ध गराएको थियो भने कमल गाउँपालिकाको तर्फ बाट समेत आर्थिक सहयोग गरी सकेको र आगामी दिनमा समेत पालिकाको तर्फ बाट श्रोतले भ्याएसम्म सहयोग गर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

लसिकाकी आमा हाल वैदेशिक रोजगारका निम्ति विदेशमा हुनु भएकोले पनि नातिनीको पालन पोषण गर्ने जिम्मा हजुरबुबा पूर्ण बहादुर पाण्डे र हजुरआमा घिर्नी कुमारी खत्रीको काँधमा अएको छ । लसिका लाई कक्षा ५ सम्म अध्ययन गरुन्जेल आवश्यक खर्च स्थानीय सुदीप खड्काले व्यहोर्ने हुनुभएको सरङ्गपाडा टोल विकास संस्थाका अध्यक्ष अशोक कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend