logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुली गाउपालिकामा निःशुल्क आखा शिविर सुरु , पहिलो दिन १३४जनाले लिए सेवा


  • कुइनेटो न्युज
  • मंगलबार, जेष्ठ १३ २०८२

चुलाचुली । दक्षिणी ईलामको चुलाचुली गाउपालिका तिन दिने निःशुल्क आखा शिविर सोमवार देखी सुरु भएको छ ।

गाउँपालिकाको २ स्थित चुलाचुली आधारभुत अस्पताल सुरु भएको निःशुल्क आखा शिविर को संयोजन चुलाचुली गाउपालिकाले गरेको थियो भने नेत्रज्योती संघ लाहान र बिराटनगर आखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

शिविरमा चुलाचुली गाउपालिका भित्र का १ सय ३४ जना मोतिया बिन्दुको समस्या पैचान भएको र उनिहरुकोे निःशुल्क सल्यकृया गरिने आयोजकले जनाएको छ ।
स्वास्थ्य आखाँ सुन्दर सन्सार नाम दिएर गत बैशाखमा चुलाचुली गाउपालिका भित्रका सबै वडा हरुका ४० वर्ष उमेर पुगेका बिद्यालयमा अध्ययनरत छात्रा–छात्र तथा संकास्पद आखा रोगी हरुका लागी समुदाय स्तरमा शिविर सञ्चालन गरिएको थियो ।


शिविर २ सय ८ जना मोतियाबिन्दु का बिरामी रहेकोमा १ सय ३४ जना बिरामीमा अत्यन्तै जटिल समस्या फेला परेकोमा उनिहरको समेत यसै शिविरमा उपचार गरिने भएको छ ।

पछिल्लो समय प्रविधीको बिकास संगै बालबच्चाहरुमा समेत मोबाइल, कम्प्युटर अत्याधिक प्रयोग गर्ने भएकाले आखामा धेरै समस्या आउने गरेको छ । जसका कारण आखाको ज्योती गुम्ने समेत सम्भावन रहेको नेत्राजयोती संघ लहान तथा बिराटनगर आखा अस्पताल का कर्मचारी संजिव शाह बताउनुहुन्छ ।


शिविरमा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ लगायत जनप्रतिनिधहिरुको समेत उपस्थिती रहेको थियो । शिविरमा चुलाचुलीका लगायत झापाका छिमेकी पालिकाका विरामीले समेत शिविर बाट प्रत्यक्ष लाभ लिनुभएको चुलाचुली आधारभुत अस्पताल का प्रमुख एकेन्द्र बास्कोटाले बताउनु भयो।

नागरिकको स्वास्थ्य प्रति चुलाचुली गाउपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ जसमा पालिकामा भएका नागरिकको आखा,नाक,कान घाँटीका दिर्घरोगीहरु मुटु÷छाती ÷फोक्सो लगायत का मिरामी हरुको तथ्याङ्क संकलन गरेर त्यस्ता बिरामी हरुलाई बिषेश कार्यक्रम मार्फत उपचार गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend