बिर्तामोड । नेकपा (एकीकृत समाजवादी) को झापा जिल्ला अध्यक्षमा विपी भट्टराई निर्वाचित हुनु भएको छ ।
२०२७/२८ गते बिर्तामोडमा भएको एकीकृत समाजवादीको १०औं जिल्ला अधिवेशनबाट भट्टराई सहित सम्पुर्ण पदाधिकारी सर्वसम्मतले निर्वाचित भएका हुन ।
त्यस्तैं, एकीकृत समाजवादी झापाको उपाध्यक्षमा नविन इजम (शिबसताक्षी) र सरस्वती लिम्बु (बिर्तामोड) चयन हुनु भएको छ ।
सचिवमा सानुकुमार लामा (भद्रपुर), उपसचिवमा होमबहादुर बराल (कमल), श्रीप्रसाद मिश्र (बिर्तामोड), उदय बराइली (मेचीनगर) सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनले सिएन न्यौपाने, प्रतिक राजवंशी, तीर्थ नेपाल, मिरा प्रधान, खगेन्द्र नेपाल, ज्ञानेन्द्र निङलेकु, घनेन्द्र इजमसहित ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।
जिल्ला अधिवेशनको पार्टीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले २७ गते बिर्तामोडमा उद्घाटन गर्नु भएको थियोे ।