logo
शुक्रबार, साउन २९ २०८३

जेष्ठ नागरिक चौतारा मा रक्तदान ,५५ प्रिन्ट रगत संकलन


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख २७ २०८२

चुलाचुली । इलामको चुलाचुली गाउपालिका वडा नम्बर ४ आइतबारे बजार स्थित जेष्ठ नागरिक चौतारामा आज आइ.डब्लु.एफ.एन.करातेँ डो संघ इलामले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान जिवन दान भन्ने मुख्य नाराका साथ रेडक्रस दिवसको रेडक्रस सप्ताह पारेर आयोजना गरिएको उक्त रक्तदानमा ५५ प्रिन्ट रगत संकलन भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा अन्तरगत रक्तसन्चार बिभाग प्रमुख सिद्धार्थ दहालले चुलाचुली गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष सागर जबेगु,नेपाल रेडक्रस सोसाइटी चुलाचुली उपशाखाका अध्यक्ष अवि नारायण खनाल तथा सचिव भिम बोहोरा,आयोजक सस्थाका अध्यक्ष चक्र गजमेर लाई रगत संकलन ब्याग हस्तान्तरण गरेर कार्यक्रम को औपचारिक उदघाटन गरिएको थियो ।

पछिल्लो समय अस्पतालहरुमा रगतको अभाब हुँदै गएकोले त्यसलाई न्युनिकरणका लागी यो रक्त दान कार्यक्रम आयोजना गरिएको आइ.डब्लु.एन.एफ. कराँते डो संघ इलाम का अध्यक्ष चक्र गजमेर ।

नेपाल रेडक्रस सोसाइटी चुलाचुली उपशाखा र दमक उपशाखा रक्त सन्चार बिभागको प्राविधिक सहयोग तथा चुलाचुली गाउपालिका वडा नम्बर ४ को प्रायोजन रहेको सो रक्तदान कार्यक्रम आयोजकको तेश्रो कार्यक्रम हो भने चुलाचुली गाउपालिका भित्र को भुगोल मा सम्पन्न दसौ रक्तदान कार्यक्रम हो ।

चालु आर्थीक वर्ष को भाद्र महिना देखी अहिले सम्म चुलाचुली क्षेत्र बाट ४ सय ९६ प्रिन्ट रगत संकलन भएको स्थानिय पत्रकार देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend