कमल । कमल नगर अस्पताल संचालन व्यवस्थापन समितिको नियमित मासिक बैठक कमल गाउँपालिका अध्यक्ष एंव अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री हुकुम सिंह राईज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकमा अस्पतालको हालको सेवा स्थिती, भावी योजना, सेवा सुधारका उपायहरू, जनगुनासो व्यवस्थापन र कर्मचारी व्यवस्थापनबारे गहिरो छलफल भएको छ । सहभागीहरूले सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र सर्वसुलभ बनाउन सुझाव दिनु भएको थियो ।

अध्यक्ष राईले अस्पतालप्रति नागरिकको विश्वास दिलाउन सेवामा गुणस्तर र पारदर्शिता अनिवार्य रहेको उल्लेख गर्दै सबैलाई समर्पित भएर काम गर्न आग्रह गर्नुभयो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, २ नम्वर वडा अध्यक्ष अशोक सुब्बा,अस्पतालका प्रमुख दिपक दाहाल, स्वास्थ्य शाखा प्रमुख बिमल थापा लगायत व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।