logo
शुक्रबार, साउन २९ २०८३

शिवसतासीको भलिबल टिम उत्कृष्ट बन्दै, खेलाडीले जितेर ल्याएको ट्रफी नगरपालिकालाई हस्तान्तरण


  • उमानाथ भण्डारी
  • बिहिबार, बैशाख २५ २०८२

कमल । झापाको शिवसतासी नगरपालिकाका भलिबल खेलाडीले आज आफूहरूले विभिन्न प्रतियोगितामा जितेर ल्याएको ट्रफी नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

नगरपालिकाको भलिभव टिमले दुई महिनाको अन्तरालमा जितेर ल्याएको ३ वटा ट्रफी आज नगरप्रमुख मेगहाङ थोप्रालाई प्रदान गर्नु भएको थियो ।

पाँचथरको फालेलुङ्ग गाउँपालिका स्थित जुनेली युवा क्लबको आयोजनामा भएको अन्तर्पालिका भलिबल प्रतियोगितामा प्रथम, झापाको भद्रपुर नगरपालिकामा रहेको नाईटेङ्गल युवा क्लबको आयोजनामा भएको अन्तरपालिका भलिबल प्रतियोगितामा प्रथम र पाँचथरको कुम्वाएक गाउँपालिका को श्रृजनशिल युवाक्लबको आयोजनामा भएको अन्तर पालिका भलिबल प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरि ल्याएको ट्रफी टिम क्याप्टेन रमेश खड्काको नेतृत्वमा खेलाडी हरूले नगर प्रमुख र उपप्रमुखलाई हस्तान्तरण गर्नु भएको थियो ।

नगरको भलिबल टिमले नगरपालिकाको सानो लगानीमा पनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी जितेर नगरको नाम र शान बढाएकोमा धन्यवाद दिदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न नगरप्रमुख थोप्राले खेलाडी लाई शुभकामना दिनुभयो ।

विभिन्न पालिकाले आयोजना गरेको भलिबल खेलमा उत्कृष्ट भएर प्रतियोगिता जित्न सफल भएकोमा खेलाडी हरूलाई धन्यवाद दिदैँ आगामी दिनमा नगरको नाम उच्च राख्न सफल भएको भन्दै नगर उपप्रमुख नरमाया कार्कीले धन्यवादका साथै शुभकामना दिनुभयो ।

आफु हरुले खेलेको खेललाई विश्वस गर्दै नगरपालिकाले सकेको जति सहयोग गरेको छ । आगामी दीनमा समेत नगर बाट सहयोग पाउने अपेक्षा गरेको टिम क्याप्टेन रमेश खड्काले बताउनुभयो ।

नगरको भलिबल टिन भोजपुरको रामप्रसाद राई गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यही बैशाख २७ गते देखी ३० गते सम्म सञ्चालन हुनलागेको जननायक रामप्रसाद राई स्मृति अन्तर पालिका स्तरीय भलिबल प्रतियोगितामा भागलिनका लागी जान लागेको टिमलाई समेत नगरप्रमुख थोप्राले बधाई तथा शुभकामना दिनुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend