logo
शुक्रबार, साउन २९ २०८३

नेकपा ( एस) कोशी प्रदेश कमिटीले पार्टीको ७६औँ स्थापना दिवस मनायाे


  • कुइनेटो न्युज
  • बुधबार, बैशाख १० २०८२

झापा । नेकपा ( एस) कोशी प्रदेश कमिटीले आज पार्टीको ७६औँ स्थापना दिवस तथा आन्दोलन घोषणा कार्यक्रम गरेको छ ।

आज माइ नपा ४ सुखानी स्थीत शाहद्त्त पार्कमा कार्यक्रम आयोजना गरिएको थियो ।उक्त कार्यक्रमको ब्यबस्थापन पाटी जिल्ला कमिटी झापा र इलामले संयुक्त रुपमा गरेका थिए ।

कम्युनिष्ट पार्टीको स्थापना दिवस भएकोले र यस भुमी झापा बिद्रोहका ५ जना योद्धालाई इलाम जेल चलान गर्ने क्रममा २०२९ फागुन २१ गते सुखानीमा तत्कालीन पन्चायती शासकले हात्या गरेको स्थान भएकोले यस भुमिमा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।


नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज कोशी प्रदेश कमिटीले ७६औ स्थापना दिवस मनाएको हो ।पाटीका कोशी प्रदेश अध्यक्ष सरिता थापा खडकाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अम्बिका उप्रेती र अमृता राइले गरेका थिए ।

जहानियाँ राणा शासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।
उनिहरुले बिजारोपण गरेको पाटी अहिले बिभिन्न नाममा बिभाजन भएर देशमा सत्ता र प्रतिपक्ष भएर कम्युनिस्ट हरु सत्ताको वरीपरी रहेका छन।

स्थापनाको सात दशकको इतिहासमा पटक-पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । श्रृंखलावद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको बिज्ञहरुको भनाई छ

पछिल्लो समय केपी ओली नेतृत्व गरेको कम्युनिस्ट पाटी सरकारमा रहेर निरङ्कुश ढंगले लागे पछि त देश झन संकट पुर्ण स्थितिमा रहेको सहभागी हरुले बताएका छ्न ।


सुशासन र रोजगारी समाजबादको तयारी भन्ने मुल नारा सहित नेकपा एकीकृत समाजवादी पाटीले अहिलेको सरकार विरुद्ध चरण बद्द आन्दोलन गर्ने घोषणा गरेको छ।
आनदोलन यही बैशाक दोस्रो हप्ता देखि शुरु हुने बताइएको छ ।कार्यक्रमको शुरुवात झापा बिद्रोहका ५ जना सहिदहरुको शालिकमा माल्यापण गरेर पस्चात सुरु गरिएको थियो ।

पाटीका बरिस्ठ नेता घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोलिट्ब्युरो सद्स्य महेश रेग्मी, कोशी प्रदेशका पुर्व मन्त्री खिनु ल्वाङ्वा लिम्बु, पोलिट्ब्युरो सदस्य बिद्या चाम्लिङ ,केन्द्रिय सदस्य चन्द्रा श्रेष्ठ लगायतले शुभकामना मन्तब्य बोल्नु भएको थियो भने कोशी प्रदेशका पुर्व यतायातायात मन्त्री उपेन्द्र घिमिरे,जिल्ला समन्वय समिति इलाम उप प्रमुख चित्रकला बराइली, पाटीका मोरङ जिल्ला अध्यक्ष ,शुनशरी जिल्ला अध्यक्ष ,झापा जिल्ला अध्यक्ष , इलाम जिल्ला अध्यक्ष लगायत पाटीका बिभिन्न तह र पालिकाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पाटीका कोशी प्रदेस कमिटी अध्यक्ष सरिता थापा खडका को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य झापा जिल्ला अध्यक्ष बोधराज रेग्मीले बोल्नु भएको थियो भने कार्यक्रम संचालन दोय अम्बिका उप्रेती त अमृता राईले गरेका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend