logo
शुक्रबार, साउन २९ २०८३

आ.स्वा.के. कमल १ द्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई परिचय बोर्ड बितरण


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख ६ २०८२

कमल/ झापाकाे कमल गाउँपालिका १ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र बासबारीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई  परिचय वोर्ड वितरण गरेको छ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई  फिल्ड कम गर्न सहज हाेस् भन्ने उद्येश्यियले नामावली, सम्पर्क नम्बर, कार्य क्षेत्र, लोगो र २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिका दिवसको नारा सहितको परिचय वोर्ड वितरण गरेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

वडा कार्यालयमा आयाेजित कार्यक्रममा  १ नम्बर   वडा अध्यक्ष तथा स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष  केदार कटुवालले कमल वडामा कार्यरत ४ जना स्वयं सेबिकाहरुलाई १/१ थान परिचय बोर्ड हस्तान्तरण गर्नु भएको थियो ।

स्थानीय स्वास्थ्य सेवामा स्वयंसेविकाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको, उहाँहरु प्रत्यक्ष समुदायसँग जोडिनु भएको र आफ्नो सेवालाई थप प्रभावकारी, सेवामा पहुँच तथा पार्दर्शिता बनाउन परिचय वोर्ड वितरण सहयोगी हुने विस्वास लिएको जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीले बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष केदार कटुवालले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै उहाँहरूको उपस्थितिले स्थानीय स्वास्थ्य सेवामा महत्वपूर्ण प्रभाव पारेको र आधारभूत तहमै कार्यरत स्वयंसेविका हरुको सशक्त उपस्थितिले “स्वास्थ्य नै धन हो” भन्ने भनाइलाई सार्थक बनाएको  बताउनु भयाे।

स्वास्थ्य सेवालाई थप विस्तार गर्दै सम्पुर्ण वडाबासीमा आधारभुत स्वास्थ्य सेवाको सरल र सहज बनाउदै लैजाने समेत वडा अध्यक्ष कटुवालले  बताउनु भयो ।

वोर्डमा प्रत्येक स्वयंसेविकाको नाम, वडाको विवरण, सम्पर्क नम्बर, कार्य क्षेत्र तथा सेवा समय समावेश गरिएको छ। यसबाट समुदायमा सेवाग्राहीहरुले स्वास्थ्य सेवा आवश्यक परेको बेला सहजै सम्पर्क गर्न सक्नेछन्।

सेवा थप प्रभावकारी बनाउन वोर्ड सहयोगी हुने स्वयंसेविकाहरुले प्रतिकृया दिनुभएको थियो ।

स्वयं सेविकाको परिचय बोर्ड बितरण कार्यक्रम गाउँपालिका मा नै कमल  १ ले नयाँ अभ्यासको सुरूवात   गरेको निरीक्षक पराजुलीको बताउनु भयो ।

कार्यक्रमा वडा सदस्य तथा स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समिति सदस्यीय कमला बि.क , वडा सचिव तेज प्रसाद आचार्य , अ. न.मि विन्द्रा राई, कर्मचारीहरु लगाएतको उपस्थिती  रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend