logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुली गाउँपालिकामा स्वास्थ्य सेवा सहज बन्दै, नगर अस्पताल सञ्चालनमा आएपछि स्थानियवासी लाई हाई सन्चो


  • उमानाथ भण्डारी
  • शनिबार, चैत्र ३० २०८१

कमल । इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली नगर अस्पताल सञ्चालनमा आएपछि यहाँका नागरिकलाई स्वास्थ्य सेवा पाउन सहज भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाका नागरिकलाई गाउँमै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आए पछि अन्यत्र गएर उपचार गराउनु पर्ने बाध्यताको अन्त्य भएको हो ।

गाउँ वासी सबैका लागी पहुँचयुक्त स्वास्थ्य सेवामा उपलब्ध गराउन गाउँपालिकामा निर्वाचित जनप्रतिनिधी लागेपछि सबैका लागी पहुँचयुक्त स्वास्थ्य सेवा उपलब्ध भएको हो ।

साबिकका चुलाचुली र साकफारा दुई वटा गाउँ विकास समिति मिलाएर बनाइएको बनाइएको यस गाउँपालिकाका जनप्रतिनिधि आउनु भन्दा अगाडि सहज रुपमा स्वास्थ्य पाउनु भनेको आकाशको फल आँखातरी मर भने जस्तै थियो ।

स्वास्थ्य कुरा गर्ने हो भने चुलाचुली गाउँपालिकामा नगर अस्पताल १ आधारभुत स्वास्थ्य केन्द्र ९  वटा बाट सेवा प्रवाह भैरहेको छ । पालिकाको जम्मा जन संख्यको ७० प्रतिशत भन्दा बढी जनता स्वास्थ्य बीमामा आबद्ध भएका छन् भने समुदायमा क्षयरोगी पहिचान गरी जिल्लामै पहिचान र उपचारमा चुलाचुली पालीका अगाडी रहेको छ ।

गर्भवती महिलाहरूलाई सम्पूर्ण वडाहरूमा निशुल्क भिडियो एक्सरे कार्यक्रम बिस्तार गरिएको छ भने पोषिलो आहार बितरण कार्यक्रम नियमित रुपमा सञ्चालमा रहेको छ । नागरिकलाई छिटो छरितो र भरपर्दो उपचारमा सहयोग पुर्याउने उद्देश्यले पालिकाबाट २ वटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । त्यस्तै मानसिक स्वास्थ्य कार्यक्रमलाई अझै बढी प्रभावकारी बनाइदै लगिएको छ । पालिकाका नागरिकमा पोषणका कारण कुनै पनि प्रकारको समस्या न आवोस भनेर पोषण तथा परिवार नियोजन कार्यक्रमलाई प्राथमिकतामा राखी आवश्यक सेवा प्रदान गरिएको छ ।

पालिकाले आम गाउँवासी जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध होस भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईको छ । जसका कारण हिजोको भन्दा आज चुलाचुली गाउँपालिकाको स्वास्थ्यको क्षेत्रमा धेरै परिवर्तन भएको दाबि गर्नुहुन्छ गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्ग

गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकासकालाई पालिकाको आन्तरिक श्रोत बाट १ करोड ६० लाख र सशर्त तर्फ को  स्वास्थ्य शाखामा ६० लाख र नगर अस्पतालमा ५० लाख गरि जम्मा २ करोड ७० लाख  रुपैयाँ विनियोजन गरेको छ ।यो पालिकाको कुल बजेटको ३० प्रतिशत रकम हो । आम नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागी पालिकाको आन्तरिक श्रोत बाट २२ जना स्वास्थ्यकर्मी नियुक्ति गरेर पालिकाको स्वास्थ्य सेवालाई नियमित सञ्चालन गरेको छ ।

चुलाचुली गाउँपालिकामा पछिल्लो समय स्वास्थ्यको क्षेत्रमा निकै परिवर्तन आएको छ । आम नागरिकले आफ्नै पालिकामा सहज, सुलभ र भरपर्दो सेवा पाउन थाले पछि समान्य उपचारकालागी अन्यन्त्र जानुपर्ने अवस्थाको अन्त्य भएको चुलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दुष्यान्त दाहाल बताउनुहुन्छ ।

गाउँपालिकाको वडा नम्बर १ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र र वडा नम्वर ३ स्थित सामुदायीक स्वास्थ्य ईकाई लगायत पालिकाका ६ वटै वडामा रहेका आधारभुत स्वास्थ्य केन्द्र बाट नियमितरुपमा सेवा ग्राहिलाई सेवा प्रदान गर्नुका साथै नेपाल सरकार बाट सञ्चालन गरिएका नियमित कार्यक्रम अन्तगत नसर्ने रोग, टिभी को औगाधी वितरणका साथै नियमित खोप कार्यक्रम, गर्भवती महिलाको स्वास्थ्य परिक्षण, प्रत्यक हप्ताको मंगलबार आखाँ, सोमवार विषेशज्ञ सेवा, महिनाको तेश्रो मंगलवार नसा तथा मानसिक रोग सम्बन्धी परिक्षण गर्नुका साथै विषेशज्ञ सेवा प्रदान गर्दै आएको छ ।

गाउँमै अस्पताल आएपछी हामीलाई धेरै सुविधा भएको छ । हिजो सामान्य ज्वरो आउदा छिमेकी बजार केर्खा र दमक सम्म जानुपथ्र्यो भने आज त्यो समस्या हटेको वडा नम्वर १ की लक्ष्मि बाँस्कोटा बताउनुहुन्छ ।

गाउँमै अस्पाल आएपछि हामिलाई धेरै सहज त भएको छ तर अहिले अस्पतालमा दिउसो मात्र सेवा पाईन्छ यो सेवालाई २४ घण्टा बनाएदेखी अझ सहजहुने वडा नम्वर २ निवासी कृष्णमाया चुहान बताउनुहुन्छ ।

अस्पताल बाट नियमित सेवा का साथै सेवा ग्रहिको माग बमोजिम सेवालाई विस्तार गर्दै लगिदै छ । अहिले प्रसुति सेवा एक्से,ल्याव लगायतमा सेवा थप गरिएको छ तर आवश्यक जनशक्ति अभावका कारण पुर्ण रुपमा सेवा प्रदान गर्न अलि समस्य भएको अस्पतालका मेडिकल अधिकृत डा. पारुहाङ्ग छा बताउनु हुन्छ ।

स्वास्थ्यचौकीको भरमा उपचार गराउदै आएका चुलाचुली बासिलाई अहिले उपचारकालागी हाई सन्चो भएको छ । हिजो केर्खा, दमक सम्म गएर घन्टौ लाईनमा बस्ने समस्या हटेको छ । तर अस्पताललाई आवश्यक पर्ने उपकारण अभावका कारण केहि समस्या हुनेगरेको स्थानिय लोकनाथ दाहाल बताउनुहुन्छ ।

चुलाचुली गाउँपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि गाउँवासीलाई हाई सन्चो त भएको छ । हिजो सामान्य उपचारकालागी झापाका अस्पतालमा पुगेर घन्टौं लाईन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । तर अस्पतालमा आवश्यक पर्ने जनशक्ति र उपकरण नभएका कारण सेवाग्रहिले अपेक्षा गरे अनुसारको स्वास्थ्य पाउन सकिरहेका छैनन् यस तर्फ जनप्रतिनिधीले ध्यान पुर्याउन आवश्यक छ ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend