झिलझिले । शिवसताक्षीमा जारी मेयर कप २०८१को कराँते बिधामा वडा नम्बर ८ ले १० वटा गोल्डसहित प्रथम स्थान हासिल गरेको छ ।
त्यस्तै प्रतियोगिताको दोस्रो स्थानमा ५ वटा गोल्ड सहित वडा नम्बर १० घोषित भएको छ भने वडा नं ११ले २ वटा गोल्ड सहित तेस्रो भएको कराँते बिधाका खेल संयोजक दुर्गा उप्रेतीले जानकारी दिएका छ्न ।
उनका अनुसार वडा नम्बर ८ का निवस लिम्बु बेस्ट फाइटर पुरुष घोषित हुदा वडा नम्बर ११ का जोसना कार्की बेस्ट फाइटर महिला घोषित भइन ।
त्यसैगरी वडा नम्बर १० का आदित्य दर्नाल उदयमान खेलाडी पुरुष घोषित भए भने वडा नम्बर ९ कि प्रकृति तामाङ उदयमान खेलाडी महिला तर्फ घोषित भएको खेल संयोजक उप्रेतीले जानकारी दिए ।
सबै बिधाका खेलाडीहरुलाई नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र भने आज समापनको अवसरमा बितरण गरिने नगर खेलकुद बिकास समितिका संयोजक सुरज रिङालुङ्ग राईले जानकारी दिए ।