शिवसताक्षी। झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को आज भएको फुटबल खेलहरुमा वडा नम्बर ७ बिजयी भएको छ ।
आज भएको खेलमा वडा न. ७ ले वडा न. ४ लाइ ० को विरुद्ध ३ गोल गर्दै बिजयी यात्रा सुरुवात गरेको हो । उक्त खेलमा १४ औ मिनेट मा जर्सी न. ४ का हेमन लिम्बुले गोल गर्दै गोलको खाता खोल्न सफल भए ।

खेलमा एक तर्फी रुपमा वडा न. ७ ले गोललाई आफ्नो पक्षामा पारेर खेलिरहेको अवस्था मा वडा न. ७ ले पुन:
२१ मिनेट्मा जर्सी न. १० का अनुज माझीले गोल गर्दै गोल अग्रता दोब्बर बनाए ।
पहिलो आफ २ -० ले सम्पन्न भएको खेलमा पुन: ४९ औ मिनेटमा जर्शी न. १४ का युनिश माझीले गोल गरि टिमको अग्रता तेब्बर बनाएर खेल वडा न.७ ले , ३ -० गोल अन्तरले बिजयी हुदै सेमिफाइनल यात्रा पक्का गरेको छ ।
आजको खेलको म्यान अफ द म्याच बिजेता टिमका जर्सी न. ११ का आयुस भट्टराई घोषित भए ।
उनलाइ नगद २ हजार १ सय द्वारा सम्मानित गरिएको थियो ।
प्रतियोगिता अन्तरगत भोलीको दोस्रो क्वाटरफाइनल खेल वडा न.८ भर्सेज वडा न. ११ बिच हुने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिनु भयो ।
प्रतितोगिताको बिजेताले नगद ५५ हजर सहित ट्रफी मेडल पाउनेछ्न भने र उपबिजेता टिमले नगद ४१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने खेलकुद अध्यक्ष राईको भनाइ छ ।