logo
शुक्रबार, साउन २९ २०८३

झापा जिल्ला सहकारी सङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु  


  • गाेपाल काफ्ले
  • शनिबार, चैत्र २३ २०८१

झापा । आगामी चार वर्षे कार्यकालका लागि झापा जिल्ला सहकारी सङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ।

जिल्ला संघको बिर्तामोडस्थित सम्पर्क कार्यालयमा आज भएको मनोनयन दर्ता कार्यक्रममा जिल्ला संघको अध्यक्ष पदमा हालका उपाध्यक्ष प्रेमकुमार कोइरालाको मात्र उम्मेदवारी दर्ता भएको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटाको मात्र उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरूको पहिलो नामावली विवरणअनुसार एकजना खुल्ला उपाध्यक्ष पदमा तीनजनाको र एकजना महिला उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ।

जस अनुसार खुल्ला उपाध्यक्ष पदमा नारायणप्रसाद भट्टराई, डिल्ली दाहाल र अर्जुनकुमार दङ्गाल तथा महिला उपाध्यक्षमा देवी निरौला बस्नेत र चन्द्रकला अधिकारीले मनोनयन दर्ता गरााउनु भएको  छ ।

जिल्ला सङ्घको एकजना सचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ। भवानीप्रसाद दंगाल, युवराज गिरी र लक्ष्मीप्रसाद बास्कोटाले सचिव पदमा उम्मेदवारी दर्ता  गराउनु भएको छ ।

सहसचिव एकजनाका लागि टसबहादुर श्रेष्ठ र विनोद ढकालको उम्मेदवारी परेको छ भने एउटा कोषाध्यक्ष पदमा केशवप्रसाद बस्नेतको मात्र उम्मेदवारी दर्ता भएको छ।

उम्मेदवारहरूको प्रथम सूची अनुसार अध्यक्ष वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध निर्वाचित भएको बुझ्न सकिन्छ।

सञ्चालक समिति सदस्य ४ जना महिला अनिवार्य हुनेगरी ७ जनाका लागि उम्मेदवारी दर्ता गर्दा चारजना महिला सञ्चालक सदस्य पनि निर्विरोध निर्वाचित भएका छन्। तर खुल्ला तीन जनाका लागि छ जनाले मनोनयन गराएको प्रथम नामावली सूचीमा उल्लेख छ।

निर्विरोध भएका महिला उम्मेदवारहरूमा बिन्दाकुमारी थापा, नीला कुमारी दाहाल, पुष्पा चौलागाईं अधिकारी र संगीता गजुरेल रहेका छन्।  यता खुल्ला सदस्य पदमा चाहिँ प्रेमसागर सापकोटा, ढुण्डिराज गुरागाई, कृष्ण पौडेल, चक्रबहादुर लिम्बु, नारायण प्रसाद गौतम र काशीनाथ घिमिरेको मनोनयन दर्ता भएको छ।

संघीय निर्वाचन क्षेत्र अनुसारका पाँचजना क्षेत्रीय सदस्यहरूमा क्षेत्र नम्बर १ बाट देवीमाया अधिकारी निर्विरोध निर्वाचित भएकी छन्। क्षेत्र नम्बर २ बाट युवराज गौतम र लवकुमार चौधरीले मनोनयन दर्ता गर्नु भएको हाे

यस्तै क्षेत्र नम्बर ३ मा क्षेत्रीय सदस्यका लागि हरिकृष्ण अधिकारीको मात्र मनोनयन दर्ता भएको छ भने क्षेत्र नम्बर ४ बाट तिलक प्रसाद सिंह राजवंशीको मनोनयन दर्ता भएको छ। वहाँहरू दुवै निर्विरोध  निर्वचित हुनु भएको छ ।

क्षेत्र नम्बर ५ बाट सदस्य पदमा पदम लिम्बु लिङदेन र वीरेन्द्र पोखरेलको मनोनयन दर्ता भएको छ।

सङ्घको लेखा सुपरिवेक्षण समितिमा आठौं कार्यकालका लागि पनि महिला सदस्यमा उम्मेदवारी परेन । तर संयोजकमा वर्तमान संयोजक चडामणि ओझा र पूर्व सञ्चालक खडानन्द गुरागाईंले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सदस्य  पदमा मिलन आचार्य र राजेन्द्रप्रसाद रिजालले मनोनयन दर्ता गराउनु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend