झापा। नेकपा एमालेले झापाको दमकमा चैत ३० काे जनजागरण सभाकाे अघिल्लो दिन माेटरसाइकल र्याली गर्ने भएको छ ।
सभाकाे प्रचारप्रसारका लागि र्याली गर्ने तयारी भएको हाे । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा झापा इञ्चार्ज राेमनाथ ओलीले गणतन्त्र बिराेधीलाई गतिलो सन्देश दिनका लागि बृहत उपस्थितिमा सभाको तयारी थालिएको बताए । उनका अनुसार सभामा १ लाख मानिस उतारेर व्यवस्था बिराेधीलाई चेतावनी दिइने छ ।
ओलीले भने,- लाेकतान्त्रिक गणतन्त्र बिराेधीले जुन भ्रम फैलाउन खाेजेका त्यसको प्रतिउतर दिन सभा गरिन लागेको हाे ।
गणतन्त्रिक व्यवस्था पछि मुलुकमा भएको परिवर्तनकाे विषय समेत सभामा जानकारी गराइनेछ । याे व्यवस्थामा भएका सुधार, विकास गतिविधि समेत प्रचारप्रसार गरिनेछ, ओलीले भने,- व्यवस्था बिराेधी गतिविधिलाई जनतालाई जागरुक बनाएर निस्तेज पारिनेछ ।
केन्द्रीय सदस्य ओलीले सभाकाे तयारीका लागि ठूलो सहभागीतामा माेटरसाइकल र्याली गरिने बताए । २९ गते झापाको क्षेत्र नं ५ मा रहेका सबै पालिका पुग्ने गरि रुट तय गरिएको छ । एमाले केन्द्रीय सदस्य दिपक कार्कीका अनुसार दमकबाट शुरु हुने माेटरसाइकल र्याली कमल, गाैरादह, गाैरिगन्ज हुदै पाडाजुगीमा सभामा परिणत हुने छ ।
यस्तै काेशी प्रदेशका चाैधै जिल्लाबाट सहभागीता रहने सभाकाे व्यवस्थापनका लागि समिति बनाइएकाे छ । विभिन्न सांस्कृतिक झाकी सहित दमककाे पशुहाटमा सभाकाे तयारी गरिएको छ । सभालाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरूले सम्बाेधन गर्ने कार्यक्रम छ ।