logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीमा जारी मेयर कप २०८१ को शुक्रबारको खेलमा वडा न. ८ र ११ बिजयी


  • गोविन्द ल्वागुन
  • शनिबार, चैत्र २३ २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को आज भएको फुट्बल खेलमा वडा न. ८ र ११ बिजयी भएका छन ।

त्यस्तै आजै भएको क्रीकेट खेल तर्फ वडा नम्बर ५ र ९ बिजयी भएका छ्न ।

भने भलिबल तर्फ वाडा नम्बर ९ ,१ र २ बिजयी भएको नगर खेलकुद बिकास समितिका संयोजक सुरज रिङ्गलुङ राईले जानकारी दिनु भयो ।


आज भएको फुट्बल तर्फको पहिलो खेल वडा नम्बर ८ र ९ बिच भएको थियो । उक्त खेलमा वडा नम्बर ८ ले 0 को बिरुद्ध ३ गोल गर्दै दोस्रो चरण प्रबेश गरेको हो । वडा नम्बर ८ लाइ जित दिलाउन खेलको २४ औ मिनेट्मा सुदिप मगरले पहिलो गोल गरेका थिए ।

निक्कै घम्सा घम्सी भएको खेलमा पुन: सोही वडाका जर्सी न.९ का खेलाडी सोहन थापाले५४ औ मिनेटमा दोस्रो गोल गरे र खेल २ -० ले अगाडी बड्यो । खेलको ५८ औ मिनेट्मा मनिस मगरले गोल गर्दै खेल ३-० को अग्रता बनाउदैवडा नम्बर ८ बिजयी भएको हो ।

उक्त खेलको म्यान अफ द म्याच सोहन थापा घोषित हुदै रु २ हजार १ सय प्राप्त गरे ।

त्यसै गरि आजै भएको दोस्रो खेलमा वडा नम्बर ११ ले सुखद सुरुवात गरेको छ । वडा नम्बर ११ र ६ बिच् भएको खेलमा वडा नम्बर ८ का देब मल्लिकल ह्याटि्रक गरि टिमलाइ सहज जित दिलाए । उनले ५/२३/ र ६३ मिनेटमा गोल गर्दै खेमा सहज जित दर्ता गरि आर्को चरण पार गर्यो । उक्त खेलको म्यान अफ द म्यच बिजेत टिमका देब मल्लिक घोषित हुदै नगद २ हजर १ सय हात पारे ।


यस खेलका बिजेता टिमका ३ नै जना गोलकर्ता खेलाडी हरु लाइ कार्यक्रमका प्रमुख अतिथि सन्त कुमार फेवदिन्ले प्रोत्साहन स्वरुप नगद १/१ हजार प्रदान गर्नु भयो ।
फुट्बल तर्फ भोलि (शनिबार)को खेल वडा नं २ र ३ त्यसैगरि वडा नं १ र १० बीच खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिनुभएको छ ।

अध्यक्ष रिङ्गालुङका अनुसार मेयर कपमा विभिन्न विद्यातर्फका ६ वटा खेलहरु भैइरहेको छ ।

त्यस्तै आजै भएको भलिबल तर्फको खेलमा वडा नमबर ९ र २ बिजयी भएका छ्न ।

आज बट सुचारु भएको पहिलो खेलम वडा नमबर ९ ले वडा नमबर ५ लाई २-० सोझो सेट्मा पराजित गर्दै दोस्रो चरण यत्रा तय गर्यो ।

त्यसैगरि आजै भएको अर्को खेलम वडा नम्बर १ ले वडा नम्बर २ ले वडा नमबर १० लाइ २-० को सोझो सेटमा पराजित गर्यो।

त्यस्तै अर्को खेलमा वडा नम्बर १ ले वडा नमबर ६ लाइ २-१ को नतिजाले पराजित गर्यो ।

भलिबल खेलको म्यन अफ द मयच् क्रमस : अभिनास तामङ,फणीन्द्र निरौला,र सुजन राइ घोषित भए ।
घोषित ३ जनालाई जनहि १ हजार १ सयका दरले पुरश्कृत गरिएको थियो ।

त्यसै गरिआइभएको क्रीकेट खेलमा ७ र ५ बिच भएको खेलमा ५ न. वडा बिजयी भएको छ । वडा न. ५ ले ५९ रनको अन्तरले बिजयि भएको हो ।

त्यस्तै आजै भएको दिस्रो खेलमा वडा न. ९ ले वडा न. १ लाई २ सय २ रनको फराकिलो रनले पराजित गर्दै दोस्रो चरणमा प्रबेश गरोको हो ।

क्रेकेट खेलका म्यन फ द म्याच सुरज योङहाङ र सौगात रिजाल घोषित हुदै नगद १ हजर १ सय रुपैया हात पारे ।
मेयरकप २०८१ चैत्र २८ गते सम्म संचालन हुने बताइएको छ।

प्रतियोगिताको बिजेताले व्तमेयर कप २०८१ को बिजेताले क्रमश फुट्बल तर्फको बिजेताले ५५ हजर र उपबिजेताले ४१ हजार नगद सहित ट्रफी र प्रमाणपत्र, त्यसै गरि भलिबल र क्रीकेट बिधाका बिजेता टिमले नगद ३५ हजर र उपबिजेताले २५ हजर नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ्न ।

त्यस्तै एथलेटिक्स , ब्याडमिन्टन र करातेलाइ समग्र ५०/५० हजारका दरले रकम छुट्याइएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend