logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीमा मेयर कप २०८१ सुरु , उद्घाटन खेलमा वडा नम्वर ४ विजयी


  • उमानाथ भण्डारी
  • शुक्रबार, चैत्र २२ २०८१

कमल । झापाको शिवसताक्षीमा मेयर कप २०८१ सुरु भएको छ ।

राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्य सहित सुरु भएको मेयर कप २०८१ को नगर प्रमुख मेगाहाङ थोप्राले उद्घाटन गर्नु भएको थियो ।

खेलकुदले मानिसलाई स्वास्थ्य राख्नुका साथै र लागु औषध दुब्र्यसनीबाट पनि टाडा राख्ने भएकोले खेलकुद अपरिहार्य रहेको नगर प्रमुख थोप्राले बताउनु भयो ।
वहाँले खेलाडी उत्पादनको लागी खेल मैदानको आवस्यक रहने भएकोले दुधेमा निर्माणाधिन सुबिधा सम्पन्न रंगशालालाई आगमी असोज मसान्त सम्म निर्माण सम्पन्न गर्नको लागी आवस्यक बजेट बिनियोजन गरिसकेको र काम धमाधम भैरहेको थोप्राले बताउनु भयो ।


शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईको अध्यक्षतामा भएको कार्यक्रमममा नगर उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकिय अधिकृत सुनिता तुम्वाहाम्फे, नेकपा एमालेका नगर अध्यक्ष मेदानी दंगाल लगायतले प्रतियोगिता सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रतियोगिता उद्घाटनका अवसरमा वडा न. १ का अध्यक्ष लक्ष्मि चेम्जुङ, वडा न. ८ का अध्यक्ष सन्तकुमार फेवदिन, वडा न. ४ का अध्यक्ष बिष्णु प्रसाइ ,वडा न. ११ का अध्यक्ष बहादुर आङ्बो , नेकपा मओबादी (केन्द्र) का नगर अध्यक्ष दुर्गा नेम्बाङ, सतासीधाम जेसिज बर्ष २०२५ का अध्यक्ष जेसी पदम जंग कुंवर, किराँत राई यायोक्खा शिवसताक्षीका अध्यक्ष पर्शुराम रिङालुङ राई ,किराँत याक्थुम चुम्लुङ नगर अध्यक्ष बीरबल जबेगु ,सताक्षी प्रेस क्लबका अध्यक्ष सेलिङ केसी लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रम शिक्षा शाखा प्रमुख छबी ढकालले सन्चालन गर्नु भएको थियो भने लेख अधिकृत प्रकाश योङ्गहाङ्गले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

उद्घाटन खेलमा वडा नम्बर ४ बिजयी 

झापाको शिवसताक्षीमा सञ्चालित मेयर कप २०८१ को विहीवार सम्पन्न पहिलो खेलमा वडा नम्वर ४ बिजयी भएको छ ।

शिवसताक्षी ११ झिलझिले स्थित खेलमैदान भएको उद्घाटन खेलमा वडा नम्बर ५ लाई १ का विरुद्ध २ गोल अन्तरले हराउदै वडा नम्वर ४ ले बिजय सुरुवात गरेको छ ।
खेलको १७ औ मिनेटमा वडा न. ४ का जर्सी नम्बर ७ का स्याम खत्रीले पहिलो गोल गर्दै टिमलाइ अग्रता दिलाउनु भएको थियो ।

त्यस्तै दोश्रो हाफको पहिलो मिनेटमा वडा नम्बर ४ कै जर्सी न. ७ का स्याम खत्रीले पुन दोश्रो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो भने दोस्रो हापको २४ औ मिनेटमा वडा नम्बर ५ जर्सी न ११ का बिनोद दर्जीले १ गोल गर्न सफल हुनुभएको थियो ।

खेलको म्यान अफ द म्याच वडा नम्वर ४ का जर्सी न. ७ का स्याम खत्री घोषित हुनुभएको छ , वहाँले नगद २ हजार १ सय का साथै ट्रफी प्राप्त गर्नु भयो ।
आज (शुक्रवार)को खेल फुटबल तर्फ पहिलो खेल वाड न. ८ र ९ बिच हुने छ भने दोस्रो खेल वडा नम्बर ६ र ११ बिच हुने आयोजक नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिनु भयो ।

प्रतियोगितामा फुट्बल तर्फको बिजेताले ५५ हजर र उपबिजेताले ४१ हजार नगद सहित ट्रफी र प्रमाणपत्र, त्यसै गरि भलिबल र क्रीकेट बिधाका बिजेता टिमले नगद ३५ हजर र उपबिजेताले २५ हजर नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् भने एथलेटिक्स , ब्याडमिन्टन र करातेलाइ तर्फ ५० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्रप्राप्त गर्ने आयोजकले जनाएको छ ।


फुटबल तर्फ का हरेक प्रतियोगितामा म्यान अफ द म्याचलाई २ हजार १ सय रुपैया , अन्य बिदामा ५ हजार रुपैयाको दरले पुरस्कृत गरिने जनाइएको छ । यसरी पुरस्कृत गर्ने बिदाहरुमा बेस्ट गोल किपर, बेस्ट डिफेण्डर, बेस्ट फर्वर्ड,बेस्ट मिड फिल्डर र हाइ स्कोरर रहेका छ्न ।

म्यान अफ द टुनामेन्टलाई भने ११ हजर रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने र क्रीकेट र भलिबल खेलक म्यान अफ द म्यच हुने खेलाडीलाई नगद ११ सय रुपैया द्वारा पुरस्कृत गरिने अयोजकको समितिका अध्यक्ष सुरज रिङालुङ राइले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend