कमल । कमल गाउँपालिका २ स्थित प्रमुख स्वास्थ्य केन्द्र कमल नगर अस्पतालले हरेक महिना सञ्चालन गर्दै आएको बालबालिका लक्षित खोप अभियानलाई थप प्रभावकारी बनाउन नयाँ अभ्यास सुरु गरेको एक महिना बितेको छ ।
अस्पतालले प्रत्येक महिनाको १५ र १६ गते नियमित खोप अभियान सञ्चालन गर्दै आएको छ । चैत्र महिनामा पनि १५ गते भुत्लुङ्ग खोप केन्द्र र १६ गते कमल नगर अस्पताल खोप केन्द्र मार्फत नियमित खोप सेवा प्रदान गरिने अस्पतालका कार्यालय प्रमुख दिपक दाहालले जानकारी दिनुभउको छ

खोप अभियानमा पारदर्शिता र प्रभावकारिता वृद्धि
फाल्गुन महिना देखि खोप अभियानलाई थप प्रभावकारी र परिणाममुखी बनाउन अस्पताल सञ्चाल तथा व्यवस्थापन समिति अध्यक्षसमेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले नयाँ अभ्यास सुरू गर्ने निर्णय लिए संगै खोप अभियान प्रभावकारी बन्दै गएको हो ।

खोप लगाउनुपर्ने बालबालिकाको नाम, अभिभावकको नाम, सम्पर्क नम्बर र खोपको नाम सार्वजनिक गरिएको थियो । यो निर्णयले खोप कार्यक्रमलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिए अनुसारको नतिजा आएको अस्पताल श्रोतले जनाएको छ

खोप छुट्ने सम्भावना न्यून पार्ने लक्ष्य
अभिभावकलाई समयमै जानकारी गराएर खोप छुट्ने सम्भावना न्यून बनाउने उद्देश्यले यस्तो अभियान सुरु गरिएको हो । यो अभियानले सार्थकता पाएको हो अध्यक्ष राईले बताउनुभयो समयमै सूचना पाएपछि अभिभावकहरूले आफ्ना बालबालिकालाई खोप लगाउन लैजान सहज हुने र खोप छुट्ने सम्भावना घट्ने अस्पताल प्रशासनको विश्वास रहेको ।

समुदायमा अस्पतालप्रतिको विश्वास वृद्धि
खोप अभियानलाई व्यवस्थित बनाएर कमल नगर अस्पतालले समुदायमा आफ्नो सेवाप्रतिको विश्वास बढाउने लक्ष्य लिएको छ । बालबालिकाको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिँदै लिइएको यो निर्णय स्वास्थ्य क्षेत्रमा अनुकरणीय हुने कमल २ वडा अध्यक्ष अशोक सुब्बाले बताउनु भयो ।