कमल । कमल नगर अस्पताल व्यवस्थापन समितिको बैठकले सेवाग्राहीलाई गुणस्तरिय सेवा प्रदानमा जोड दिने निर्णण गरेको छ ।
कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको शुक्रवार बसेको बैठक ले सेवाग्राहीलाई गुणस्तरिय सेवा प्रदानमा जोड दिने निर्णण गरेको छ ।
त्यस्तै बैठकले अस्पतालको हालसम्मको गतिविधि, सेवा प्रवाहको प्रभावकारिता, र भविष्यमा सेवाग्राहीलाई अझ सहज र गुणस्तरिय सेवा उपलब्ध गराउने विषयमा गहन छलफल भएको छ ।

वार्षिकोत्सव विशेष स्वास्थ्य शिविर सफल
बैठकमा हालै सम्पन्न कमल नगर अस्पतालको दोस्रो वार्षिकोत्सव विशेष बृहत् निःशुल्क स्वास्थ्य शिविर को समीक्षा गर्दै, यसलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, तथा संचारकर्मि सम्पूर्ण सहयोगी प्रति आभार व्यक्त गरेको छ ।
सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न ठोस योजना
बैठकले अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन विभिन्न रणनीतिक निर्णयहरू समेत गरेको छ । आगामी दिनमा सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्न प्रविधिको अधिकतम प्रयोग, दक्ष जनशक्तिको व्यवस्थापन, र अस्पतालको भौतिक तथा प्राविधिक पूर्वाधार सुदृढ गर्ने योजनामा विशेष जोड दिइएको छ ।
अस्पताल व्यवस्थापन समितिले सेवाग्राहीको आवश्यकता प्राथमिकतामा राखी, स्वास्थ्य सेवालाई अझ सहज र प्रभावकारी बनाउन आवश्यक सुधार र नयाँ योजनाहरू अवलम्बन गर्ने निर्णय गरेको अस्पालका प्रमुख दिपक दाहालले जानकारी दिनुभयो ।