logo
शुक्रबार, साउन २९ २०८३

कमलमा सन्चालित अन्तर वडा स्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा आजको खेलमा वडा नम्बर ७ विजयी


  • कुइनेटो न्युज
  • सोमबार, चैत्र ४ २०८१

कमल । झापाको कमल गाउँपालिकामा सन्चालन भैरहेको   अन्तर वडा स्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता ०८१ अन्तरगत  आज को खेलमा   वडा नम्बर  ७ विजयी  भएको  छ ।

 

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजना  भैरहेको प्रतियेागितामा  वडालाई ६ लाई १ गाेल का विरूद्ध  ३ गेाल अन्तर ले  हराउदै  वडा नम्बर ७ विजयी  भएकेा हेा  ।

कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सम्पन्न खेलकेा पहिलो हाफमा वडा नम्वर ७ का    खेलाडी  जर्सि नम्वर   ३ का अदिप गुरूङले   पहिलो गेाल गरेर आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियेा भने पुन देाश्रेा हाफमा   वडा नम्बर  ७ कै  जर्सि नम्बर ७ का खेलाडी  प्रशान्त राईले थप २ गेाल   गरेर  आफ्नो टिमलाई विजयी गराउनु भएको हेा  ।

भने वडा नम्बर  ६  का खेलाडी  जर्सि नम्बर  १० प्रह्लाद वर्देवाले १ गेाल गर्न सफल हुनु भएको थियेा ।

आजको खेलको म्यान अफ लि म्याच वडा नम्वरका  ७  का  जर्सि नम्बर  ३ अदिप गुरूङ  हुनु भएको थियो । वहाँले नगद सहित ट्रफि प्राप्त गर्नु भएको छ ।

“हाम्रो कमल,हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको फुटवल प्रतियोगिता चैत्र ८ गते  फाईनल सगै समापन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु का साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद तथा ट्रफि प्रदान गरिने आयेाजकले जनाएको छ ।

भोलिको खेल वडा नम्वर १ र ५ का बिच दिनको २ बजे देखी केर्खा खेल मैदानमा  हुनेछ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend