logo
शनिबार, साउन ३० २०८३

कमल–२ मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि घरधुरी सर्वेक्षण अभियानलाई तिब्रता

स्वास्थ्यकर्मी द्वारा सार्वजनिक बिदाको दिनमा समेत कामलाई निरन्तता


  • आइतबार, चैत्र ३ २०८१

कमल ÷ कमल गाउँपालिकामा बालबालिकाको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि घरधुरी सर्वेक्षण अभियान सफलता पूर्वक सन्चालन भएको छ ।

सर्वेक्षण अभियानलाई सफल पार्न शनिवार बिदाका दिनमा समेत कर्मचारीले आफ्नो कार्यलार्ई निरन्ता दिनुभएको थियो ।

सार्वजनिक विदाको अवसर पारेर, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीको संयुक्त टोली नौ वटै टोलमा घरदैलो कार्यक्रम मार्फत प्रत्येक घरमा पुगेर बालबालिकाको खोप अवस्था मूल्यांकन गर्दै टोल टोलमा पुगेका छन , कमल गाउँ पालिका अध्यक्ष हुकुम सिह राईले जानकारी दिनुभयो ।

नेपाल सरकारले ‘सबैका लागि खोप, दिगो स्वास्थ्यको आधार’ भन्ने लक्ष्य लिएको छ । तर, विभिन्न कारणले गर्दा अझै पनि केही बालबालिका खोपबाट वञ्चित छन् । यस अभियानले समुदायका बालबालिका शतप्रतिशत खोपित बनाउने दिशामा ठोस कदम चालेको छ कमल २ वडा अध्यक्ष अशोक सुब्बा ले भन्नुभयो ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईका अनुसार, ८८“सर्वेक्षणपछि कुनै बालबालिका खोप छुटेका छन् भने, नियमित खोप केन्द्रमार्फत खोप लगाइनेछ । जब कमल–२ का सबै बालबालिकाले पूर्ण खोप प्राप्त गर्छन्, त्यसपछि यस वडालाई ‘पूर्ण खोप वडा’ घोषणा गरिनेछ । कमल गाउँ पालिकाका सात वटै वडा पुर्ण खोप वडा घोषणा भएसी कमल गाउँ पालिका “ पुर्ण खोप पालिका “ घोषणा गरिनेछ ।

कमल २ का ९ वटै टोलमा घरदैलो सर्वेक्षण सफलतापूर्वक सञ्चालन भएको छ । ५सय भन्दा बढी घरपरिवारमा प्रत्यक्ष सम्पर्क, खोप अवस्था मूल्यांकन भएको छ । १ सय भन्दा बढी अभिभावकहरूसँग अन्तरक्रिया, खोपको महत्वबारे सचेतना प्रत्यक्ष भएको छ । ८ सय ८५ जना खोप छुटेका बालबालिका खोप तालिका तयार गरि नजिक को नियमित मासिक खोप सन्चालन हुने खोप केन्द्र मा खोप लगाइने छ ।

८८स्थानीय टोल विकास संस्थाहरूको सक्रिय सहभागिता भएको घरधुरी सर्वेक्षणमा समुदाय स्तरमै सचेतना अभिवृद्धि भएको छ कमल २ वडा अध्यक्ष तथा कमल २ वडा खोप समन्वय समितीका अध्यक्ष अशोक सुब्बाले जानकारी दिनुभयो ।

घरधुरीहरूको सर्वेक्षणलाई अन्य दिनमा पनि निरन्तर दिनेछ

कमल–२ का वडा अध्यक्ष अशोक सुब्बाका अनुसार, “स्वास्थ्यकर्मीहरूको टोली बचेका घरहरूमा पुगेर आवश्यक खोप खोज र खोप अभियान व्यवस्था गर्नेछ । साथै, कमल–२ वडा कार्यालय स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिँदै निरन्तर क्रियाशील रहेको छ। “

स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाका प्रतिक्रिया

कमल नगर अस्पतालका कार्यालय प्रमुख दिपक दाहालका अनुसार, “यो अभियान स्वास्थ्य सुरक्षाको दिशामा निकै प्रभावकारी भइरहेको छ । कमल नगर अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक डा. फुलक चन्द्र लावतीको नेतृत्वमा स्वास्थ्यकर्मीहरू अभिभावकहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन्, जसका कारण धेरै नयाँ तथ्यहरू बाहिर आएका छन् ।“

एक स्थानीय अभिभावकले भने, “पहिले त खोप छुटेको छ कि छैन भन्ने नै थाहा थिएन, तर स्वास्थ्यकर्मीहरू घरमै आएर जानकारी दिएपछि खोपको महत्त्व बुझियो।

पहिचान गरिएका बालबालिकाहरूलाई मासिक खोप केन्द्रमार्फत खोप उपलब्ध गराउने छ । समुदायमा खोप अभियानको निरन्तरता सुनिश्चित गर्न अभिभावकहरूलाई थप सचेत गराइने छ । पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई स्थानिय नीति निर्माणमा समावेश गर्ने पहल गरिनेछ ।

कमल–२ को सबै बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित भएपछि ‘पूर्ण खोप वडा’ घोषणा गर्ने योजना छ वडा अध्यक्ष तथा कमल–२ वडा खोप समन्वय समितीका अध्यक्ष अशोक सुब्बाले जानकारी दिनुभयो ।

कमल–२ वडा कार्यालयले घरधुरी सर्वेक्षणलाई प्रभावकारी बनाउन सूचना जारी गरेको थियो। जिङल तयार गरि अनलाइन पत्रीका मा प्रकाशित गरेको थियो । यस अभियानमा समुदायका सबैको सहयोग आवश्यक रहेको भन्दै वडा कार्यालयले सबैलाई आ–आफ्नो टोलमा खोप सुनिश्चितका लागि घरधुरी सर्वेक्षण गर्न सहयोग गर्न आह्वान गरेको थियो ।

स्वास्थ्य सेवा सबैका लागिः स्थानीय सरकारको प्रतिबद्धता

कमल गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिँदै विभिन्न नीति तथा कार्यक्रम अघि बढाइरहेको छ। खोप अभियानमा वडा अध्यक्षदेखि टोल विकास संस्थासम्मको सक्रिय सहभागिता रहेको देखिन्छ। यसले समुदाय–आधारित स्वास्थ्य सेवाको सुदृढीकरण मा ठूलो मद्दत गर्ने विश्वास गरिएको छ गाउपालिका अध्यक्ष हुकुम सिह राई बताउनुहुन्छ ।

कमल–२ वडाका अध्यक्ष अशोक सुब्बा भन्छन्, “हामीले स्वास्थ्य सेवामा सुधार ल्याउन विविध योजनाहरू बनाइरहेका छौँ। यस घरधुरी सर्वेक्षण अभियानले स्वास्थ्य क्षेत्र सुधार गर्ने दिशामा महत्त्वपूर्ण योगदान पु¥याउनेछ।“

नेपाल सरकारले २०३२ देखि खोप अभियानलाई अनिवार्य रूपमा अघि बढाइरहे पनि पूर्ण खोप सुनिश्चितताको चुनौती अझै छ। ग्रामीण क्षेत्रहरूमा अझै पनि खोप प्रति जनचेतना अभाव, पहुँचको समस्या र आर्थिक असहजता जस्ता कारणले बालबालिकाहरू खोपबाट बञ्चित हुने अवस्था रहेको पाइन्छ । यस्तो अवस्थामा, कमल–२ मा भएको यो अभियान अन्य स्थानीय तह÷ वडाका लागि पनि उदाहरणीय बन्न सक्ने छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend