logo
शनिबार, साउन ३० २०८३

कमल २ मा नसर्ने रोगहरूको शीघ्र पहिचानका लागि स्क्रिनिङ कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • आइतबार, फाल्गुन २५ २०८१

कमल । झापाकाे कमल २ मा रहेको कमल नगर अस्पतालमा नसर्ने रोगहरूको शीघ्र पहिचान तथा रोकथामलाई प्रभावकारी बनाउन KHDC स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष  प्रमिला न्यौपाने तिवारी र  २  नम्बर का कार्यवाहक वडा अध्यक्ष  भिम सिंह कार्की वडा सदस्यहरू  महेन्द्र खत्री,  कल्पना राई,कमल नगर अस्पताल संचालन तथा व्यवस्थापन समिति सदस्य  भुवन निधी, राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका  उषा दाहाल,  महेन्द्र रत्न माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष  पवन चाम्लिङ राई

स्वास्थ्य शाखा प्रमुख बिनु थापा , जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठ  तथा कमल-०२ र आसपासका नागरिकहरूको उपस्थिति रहेको थियो।

आज सम्पन्न कार्यक्रममा कुल ६४ जनाको स्क्रिनिङ गरिएको थियो। कार्यक्रम अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मृगौला रोग, तौल, उचाइ तथा अन्य नसर्ने रोगहरूको प्रारम्भिक परीक्षण तथा परामर्श अस्पतालका कर्मचारी र डा फुलक चन्द्रा लावती  बाट प्रदान गरिएको थियो।

स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको यस स्क्रिनिङ कार्यक्रममा विशेषज्ञ चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूले आवश्यक स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नु भएको थियाे ।

कमल गाउँपालिका को आयोजनामा सम्पन्न अभियानले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उपाध्यक्ष प्रमिला न्यौपाने ले जनाउनु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend