कमल । ११५ औ नारी दिवस तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेलेको जन्म दिनको अवसरमा संस्थाले कचनकबल १ का विपन्न परिवारका वालवालिकालाई स्टेशनरी वितरण गरेको छ ।
मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष काफ्लले लगायतको टिमले वडा नम्वर १ स्थित गणेश टोलमा बसोबास गर्ने दुईसय जना विपन्न परिवारका बालबालिकालाई स्टेशनरी वितरणका साथै सोहि ठाउँ निवासी अति विपन्न जेष्ठ नागरिक चम्पा देवि गणेशलाई खाद्यान्य सामान हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा कचनकबल गाँउपालिकाकी कार्यपालिका सदस्य सुनिता दर्जी, रेडक्रस उपशाखा घेराबारी सभापति सजनलाल गणेश, शहिद गंगालाल आधारभुत विद्यालयकी शिक्षिका दिलकुमारी राजवंशी, कचनकबल वडा नम्वर १ का वडा सदस्य अन्तलाल राजवंशी लगायले शुभकामना मन्तव्य राख्दै विपन्न समुदायको दुःखमा मेचीमहाकाली बुहारी संयुक्त आवाजले खेलेको भुमिका प्रशंसनीय रहेको बताउनु भयो ।

कार्यक्रममा झापा जिल्ला कार्यसमिति सदस्य ओजु शर्मा, चन्द्र उप्रेती, जनप्रतिनिधी डिल्लीराम नेपाल, सजन लाल गणेश, विमला राजवंशी, मिना यादव ताजपुरिया, पवित्र सुब्बा, टिका राजवंशी कचनकबल गाँउपालिका कार्यपालिका सदस्य उमाशङकर गणेश लगायतको उपस्थिती रहेको थियो ।
सस्थाकी झापा जिल्ला संयोजक गंगा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको औचित्य माथी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेले प्रकाश पार्दै संस्थापक अध्यक्ष यमुशर्मा पौडेलको परिकल्पनाले मुर्त रुप लिदै गएको र नारीले आफ्नो अस्तित्व र पहिचान आफै निर्माण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रमको सञ्चालन मेचीमहाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला सह संयोजक रोशनी अधिकारीले गर्नु भएको थियो भने कोशी प्रदेश संयोजक पिङकी थापाले शाब्दिक शब्द द्घारा स्वागत गर्नु भएको थियो ।