कमल ।प्रेस चौतारी नेपालको आगामी चैत्र १० र ११ गते विराटनगरबाट हुने दशैां राष्टिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ ।
संगठनका अध्यक्ष गणेश बस्नेत र इन्चार्ज राजेन्द्र गौतमले आज एक कार्यक्रमविच केन्द्रीय कार्यालयमा लाेगाे सार्वजनिक गर्नु भएको हो ।
प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन नेकपा (एमाले)का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यतामा (१०–११ चैत २०८१) कोशी प्रदेशको राजधानी विराटनगरमा चाैतारिकाे दशाै राष्ट्रिय अधिवेशन हुनेछ ।

यसपालीको हाम्रो नारा :
‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’
लोगोमा समेटिएको बिषयमा संक्षिप्त जानकारी
१) नेपालको गौरव र गरिमा कोशी प्रदेश (सोलुखुम्बु) मा विश्वको सर्बोच्च शिखर सगरमाथा अवस्थित छ । त्यसलाई समेटिएको छ ।
२) कोशी प्रदेश सूर्येदयको प्रदेश हो । सूर्येदयको दृश्य हेर्न इलामको श्रीअन्तुमा संसार भरिका पर्यटकहरु आउने गर्छन् । भनिन्छ, सूर्य पूर्वबाट उदाउँछ । त्यो समेटिएको छ ।
३) नेपालको सबैभन्दा होचो भाग केचनाकवल कोशी प्रदेश (झापा) अवस्थित छ । त्यसको स्तम्भ यहाँ समेटिएको छ ।

४) खासगरी चराहरुको संरक्षणको केन्द्र हो, कोशी टप्पु वन्यजन्तु आरक्ष । यहाँ करिब ४९० प्रजातिका चराहरू यहाँ पाइन्छ । त्यसलाई यहाँ समेटिएको छ ।
५) भोजपुर, खोटाङ र सोलोखुम्बुको विचमा पर्ने संस्कृति र सभ्यताको केन्द्र मुन्धुम ट्रेल, प्रकृति अनि इतिहासको केन्द्र कञ्चनजङ्घा, (ताप्लेजुङ), मकालु (संखुवासभा) भेडेटार–हिले (धनकुटा), धरान, विराटनगर लगायतका क्षेत्र धनकुटाको पर्यटकीय क्षेत्र हो । यो बिषय यहाँ समेटिएको छ ।
६) संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा छ गुराँसको राजधानी— तिनजुरे–मिल्के–जलजले (टिएमजे) । नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छ । टिएमजेमा मात्रै २८ प्रजातिका गुराँस पाइन्छ । त्यसलाई यहाँ समावेश गरिएको छ ।
७) नेपालको चिया उत्पादनको मूख्य ‘चिया जोन’ कोशी प्रदेश हो । अहिले नेपालको कुल चिया उत्पादनमा कोशी प्रदेशको हिस्सा ९९ प्रतिशत छ । त्यसलाई यहाँ समावेश गरिएको छ ।