कमल । नेपाल सरकारले नसर्ने रोगहरूको शीघ्र पहिचानका लागि समुदाय स्तरमा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
नेपाल सरकारले समुदाय स्तरमै नसर्ने रोगहरूको शीघ्र पहिचान गर्न नीति तथा कार्यक्रम लागू गरिरहेको छ भने स्थानीय तहले तिनको कार्यान्वयन र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

यसै क्रममा झापाको कमल गाउँपालिकाले समेत आज बाट आफ्ना पालिकामा रहेका नागरिकको नसर्ने रोगहरूको शीघ्र पहिचानका लागि समुदाय स्तरमा केएचडिसी स्कृनिङको शुभारम्भ गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र बाट सुरु गरिएको स्कृनिङको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गर्नु भएको थियो । आज वडा नम्बर ५ बाट सुरु गरिएको शिविर क्रमश सबै वडामा सञ्चालन भएर आगामी फागुन २७ गते सम्पन्न हुने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

पछिल्लो समय समुदाय स्तरमा नसर्ने रोगहरुका कारण धेरै समस्या आउने भएकोले नेपाल सरकारले नै फागुन महिनालाई नसर्ने रोगहरूको शीघ्र पहिचानका लागि समुदाय स्तरमा शिविर सञ्चलनको लागी स्थानीय तहलाई दिएको निर्देशन अनुसार शिविर सञ्चालन गरिएको र शिविरमा प्रेसर, सुगर, उचाइ अनुसारको तौल मापन र मृगौलाको अवस्थाका बारेमा लगायतका रोगहरूको परिक्षण गरिने र चिकित्सक द्वारा आवश्यक परामर्श दिने कमल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बिनु थापाले जानकारी दिनुभयो । शिविरमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, ५ नम्बर वडा अध्यक्ष लाल बहादुर विष्ट कार्यपालिका सदस्य चन्द्रकला सुब्बा, लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बर बहादुर निरौला ,जनप्रतिनिधि स्थानीय वासी लगायतले शिविर बाट सेवा लिनुभएको थियो ।

शिविरमा आउनु भएका सेवा ग्राहीलाई कमल गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्यकर्मीको प्राविधिक टोलीले स्वास्थ्य परिक्षण गर्नुका साथै आवश्यक परामर्श दिनुभएको थियो ।
नेपाल सरकारले समुदाय स्तरमै नसर्ने रोगहरूको शीघ्र पहिचान गर्न नीति तथा कार्यक्रम लागू गरिरहेको छ भने स्थानीय तहले तिनको कार्यान्वयन र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।