चन्द्रगढी । झापा जिल्ला अदालतमा Meet the judge कार्यक्रम सम्पन्न भएको छ। झापा जिल्ला अदालतका माननीय प्रमुख न्यायाधीश श्री उमेशप्रसाद लुईटेलसंग अदालतका सेवाग्राही सरोकारवालाहरुले भेटघाट गरेका हुन।
सेवाप्रदायक कार्यालय अदालतबाट प्रवाह हुने सेवा (service delivery) के कस्तो पाउनु भएको छ । भनि प्रमुख न्यायाधीशले राखेको जिज्ञासामा उपस्थित केही सेवाग्राही सरोकारवालाहरुले अदालतको सेवा प्रवाहमा अपेक्षा गरेजस्तो नपाईएको भनि गुनासा समेत राखेका थिए भने केही सेवाग्राही सरोकारवालाहरुले अदालतको सेवाप्रवाह सुधारको क्रममा रहेको भनी मिश्रीत प्रतिक्रिया दिएका थिए ।
अदालतबाट उपलब्ध सेवा सुविधाको अबस्था, अदालत र कर्मचारीबाट सेवाग्राही प्रति गरिएको वेवहार, सेवा प्रवाहमा पक्षपात वा अनियमितता भए, नभएको बिषयमा सेवाग्राहीसंग न्यायाधीशको प्रत्यक्ष भेटघाट गरिएको भनी झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिहले बताउनु भयो। उहाँले सेवाग्राहीको अपेक्षा सम्बोधन हुने गरी कार्य सम्पादन गर्ने भनि बताउनु भयो।

अदालतको रणनीतिक योजना अनुसार न्यायिक प्रक्रियामा नागरिकको पहुँच बढाउन “न्यायाधीश भेटघाट” (meet the judge) कार्यक्रम संचालन गरिएको हो।
अदालतले प्रवाह गर्ने सेवा प्रवाह (service delivery) के कस्तो छ रु र सेवाग्राहीले सेवाप्रदायक निकायबाट के कस्तो अपेक्षा गरेका छनरु आदी बारेमा सरोकारवालाको धारणा बुझन “न्यायाधीशसंग भेटघाट” (meet the judge) कार्यक्रम गरिएको छ। न्यायाधीश भेटघाट कार्यक्रममा मुद्दाका पक्षहरूसँग मुद्दाको हार जितको सम्बन्धमा छलफल नभई मुद्दाको कामकारवाहीमा भएका असन्तुष्टी र गुनासा न्यायाधीशले प्रत्यक्ष सुन्ने गरिएको छ ।
अदालतको सेवाप्रवाहमा कुनै गुनासा वा जानकारी लिनु परेमा अदालतको “न्यायाधीश भेटघाट” (meet the judge) ttps://supremecourt.gov.np/court/jhapadc वेवसाइटमा राखिएको सम्पर्क नं बाट जानकारी लिन सकिने छ भनी अदालत प्रशासनले जनाएको छ।
न्यायाधीश भेटघाट कार्यक्रममा ३० जना भन्दा बढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा दमकमा कानून बिषयमा अध्ययनरत बिध्यार्थीसंग समेत अन्तरक्रिया गरिएको थियो।
उक्त कार्यक्रममा झापा जिल्ला अदालतका माननीय न्यायाधीश तेज बहादुर खड्का, कमल गा पा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र अदालतकी शाखा अधिकृत सौगात चालिसे समेतको उपस्थिति रहेको थियो।