कमल ,जेठ २० । प्रहरी चौकी केर्खामा फेरी भेटौंला कार्यक्रम अन्तरगत सरुवा भई आउनु भएका प्रहरी नायब निरीक्षक सुवास मिश्रलाई स्वगत गरिएको छ भने सरुवा भई जानुहुने प्रहरी सहायक निरीक्षक नविन सुयललाई विदाई गरिएको छ ।
मिश्र ईलाका प्रहरी कार्यालय गौरिगंज बाट सरुवा भर्ई प्रहरी चौकी केर्खाको ईन्चार्जको रुपमा आउनु भएको हो । मिश्र अपराध अनुशन्धान र साईवर क्राईममा विषेश अनुभवी हुनुहुन्छ ।
यस अघी प्रहरी सहायक निरीक्षकको कमण्डमा रहेको केर्खा चौकीमा जनसंख्याको वृद्धी सगै अन्य अपराधीक घटना समेत बड्न थालेपछी स्थानियको मागको आधारमा प्रहरी नायब निरीक्षकको कमण्ड खटाईएको हो ।
त्यस्तै प्रहरी चौकी केर्खाको ईन्चार्जमा ४ महिना १० दिन अगाडी सरुवा भई आउनु भएका सुयल थप तालीमकालागी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज जानुभएको छ । सुयलले केर्खामा रहँदा लागुऔषधी र दुर्घटना न्युनिकरण सम्बन्धि महत्वपुर्ण कार्य गर्नुभएको थियो ।
प्रहरी चौकी केर्खा आसपासको क्षेत्र लागुऔषधी प्रयोगकर्ताको मुख्य आश्रय स्थलको रुपमा पर्दछ भने पुर्वपश्चिम राजमार्ग संग जोडिएकोले दुर्घटना समेत बढी हुने गर्दछ । यो क्षेत्रमा लागुऔषधीको नियन्त्रण र दुर्घटना न्युनीकरण गर्नु प्रहरीकालागी निकै चुनौती पुर्ण कार्यमा पर्दछ ।