logo
मंगलबार, कार्तिक ११ २०८३

नव ज्योति च्यालेन्ज कपः प्लानिङ ब्वाइज फाइनलमा


  • कुइनेटो न्युज
  • शनिबार, माघ २६ २०८१

बिर्तामोड। बि डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौँ झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो ।

उपाधिका लागि प्लानिङ ब्वाइजले सुनसरीको न्यु स्टार एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको एक गोल नै जितका लागि काफी भयो ।
खेलको प्लेयर अफ द म्याच गोलकर्ता प्रताप राई भए । उनले नगद ७ हजार र ट्रफी पाए ।

प्रतियोगिताअन्तर्गत फाइनल खेल माघ २८ गते हुने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।

क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख २५ हजार र उपविजेता टिमले नगद एक लाख २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend