logo
मंगलबार, कार्तिक ११ २०८३

समाजवादी प्रेस संगठन नेपाल झापाको अध्यक्षमा : गोविन सर्वसम्मत चयन


  • कुइनेटो न्युज
  • बुधबार, माघ २३ २०८१

झापा । समाजवादी प्रेस संगठन नेपाल झापाको अध्यक्षमा गोविन ल्वागुन सर्वसम्मत चयन भएका छन्।

बुधबार झापाको सुरुङ्गामा सम्पन्न भेलाले ल्वागुनको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्ष ल्वागुन सताक्षी प्रेस क्लबका बरिस्ठ उपाध्यक्ष तथा सतासी साप्ताहिक खबर पत्रीका सहित विभिन्न सन्चार माध्यममा आबद्ध रहेका छ्न

नयाँ कार्यसमितिको उपाध्यक्षमा रिता दाहाल र डिकेन्द्र बस्नेत चयन भएका छन्। त्यस्तै, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र दिपिका लोहार तथा कोषाध्यक्षमा एलिजा भेटवाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कमल कटुवाल, डम्बर विक, कमल बुढाथोकी, र जयकुमार राई रहेका छन् ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्बर १ का इन्चार्ज तीर्थ सिग्देलको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा नेकपा एसका कोसी प्रदेश कमिटी सदस्य बासु दुलाल,जिल्ला उपाध्यक्ष प्रत्युष राना, जिल्ला सचिवालय सदस्य पर्शुराम राम शंकर, तथा संगठनका संस्थापक केन्द्रीय सदस्य लिला बराल लगायतले संगठनको गतिविधि सहितको शुभकामना मन्तब्य राख्नुहुदै संगठन र लेखन क्षेत्रमा सशक्त भूमिका खेल्न आग्रह गर्नु भयो ।

कार्यक्रमको सञ्चालन सचिव सुरज प्रधानले गर्नुभएको थियो भने समाजवादी प्रेस संगठन झापाका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य अनिलदेव राईले संगठन र पाटी बीचको अन्तर सम्बन्ध र गतिविधिहरु सहित स्वागत मन्तव्य बोल्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend