logo
शनिबार, साउन ३० २०८३

झापा बारमा नया नेतृत्व चयन


  • कुइनेटो न्युज
  • आइतबार, माघ २० २०८१

भद्रपुर    /  नेपाल  बार एसोसिएसन, झापा बार इकाईमा नया नेतृत्व चयन भएको छ ।

मिति २०८१ माघ १९ गते नव निर्वाचित कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता हरि अधिकारीले बताउनु भयो।

अधिवक्ता बसन्त नेपालको अध्यक्षता निर्वाचित बार एकाई समितिको उपाध्यक्षमा अधिवक्ता चित्र बहादुर मगर, सचिवमा अधिवक्ता दीपेन्द्र भट्टराई, सहसचिवमा अधिवक्ता सानु कार्की बस्नेत “सिता”, कोषाध्यक्षमा अधिवक्ता विजय ढुङ्गाना एबं सदस्यहरु- अधिवक्ताहरु नारायणप्रसाद पौडेल, हेमकला कट्टेल, शान्ता पाठक, डम्बर गिरी, तारामणी सापकोटा, तारादेवी बारकोटी, नरेश खाती, भुपालमान भट्टराई निर्विरोध निर्वाचित हुनु भएको छ। त्यस्तैगरी केन्द्रीय पार्षद प्रतिनिधिमा अधिवक्ताहरू क्रमशः नरेन्द्र ढकाल, लक्ष्मीप्रसाद सिवाकोटी, बेनुप्रसाद सिटौला, पवन कार्की, लेखनाथ निरौला, यज्ञप्रसाद प्रसाद अधिकारी, दिर्घसिह पौडेल निर्वाचित हुनु भएको भनि निर्वाचन समितिका सदस्य अधिवक्ता बिमल संग्रौलाले बताउनु भयो ।

२ बर्षे पदावधीका लागी नवनिर्वाचित कार्य समितिले छिटोछरितो, निष्पक्ष एवं सर्वसूलभ न्याय सम्पादन प्रक्रियामा सहयोगी, जवाफदेही र उत्तरदायी भुमिका खेल्ने र समाजका बिकृती अन्त्य गर्न र महिलाको हकहितका कुरा उठाउन समेत सक्रिय पहल गर्ने भनि नवनिर्वाचित कार्यसमितिका सहसचिव अधिवक्ता सानु कार्की बस्नेतले बताउनु भयो।

कानुन ब्यबसायीहरूको हकहित र ब्यबसायीक विकासको लागी २०१३ पौष ७ गते स्थापना भएको बार एसोसिएसनले स्वतन्त्र, सक्षम र जनउत्तरदायी न्यायपालिकाको पक्षमा पहरेदारको भूमिका निर्वाह गर्दै आएको छ भने २०२२ साल देखी झापा बार इकाई स्थापना भई कार्य गर्दै आएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend