कमल ÷ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (नेराशिसं) कमल गाउँ समिति ७ नम्बर वडाको वडा भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल शिक्षक महासङ्घ कमलका अध्यक्ष मोहन कुमार बगालेले सङ्गठन को इतिहासको बारेमा आफ्नो धारणा राख्नु भयो । त्यस्तै सङ्गठनका झापाका जिल्ला सदस्य तथा कमल इन्चार्ज हिम प्रसाद दाहालले सङ्गठनको महत्वको बारेमा बताउनु भयो ।
त्यसैगरी नेपाल बुद्धिजीवी परिषद्का कमलका अध्यक्ष रुकमान सुब्बाले सङ्गठनमा वार्ड कमिटीको महत्वका बारेमा बताउनु भएको थियो । भने सङ्गठनको कमल गाउँ समितिका अध्यक्ष निर्मल गड्तौलाले सङ्गठनको एम एल एल (March to local level) कार्यक्रम र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमल गाउँ समितिको गतिविधिको बारेमा सहभागीलाई जानकारी गराउनु भएको थियो ।

पेशागत हक र क्षमता अभिवृद्धिका लागि सङ्गठनको छातामुनि रहेर साङ्गठनिक गतिविधिमा सकृय रहने प्रतिवद्धताका साथ भेला सम्पन्न भएकोमा सङ्गठनको कमल ७ मा रहेको सम्पूर्ण सङ्गठनका सदस्यलाई नेराशिसं कमल गाउँ समितिका तफृ बाट हार्दिक आभार समेत व्यक्त गरिएको थियो ।
नेराशिसं कमल ७ का संयोजक दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कमल गाउँ समितिका उपसभापति टेकराज योङ्हाङले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राख्नु भएको थियो ।