logo
शुक्रबार, साउन २९ २०८३

कमल र शिवसताक्षी अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश


  • उमानाथ भण्डारी
  • बिहिबार, माघ १७ २०८१

कमल । झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामाको फाईनलमा प्रवेश गरेको छन् ।

कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा सञ्चालित अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामा आज सम्पन्न पहिलो सेमिफाईनलको खेलमा अर्जुनधारा नगरपालिकालाई शुन्य का विरुद्ध ५ गोल गर्दै शिवसताक्षी नगरपालिका फाईनलमा प्रवेश गरेको हो ।

शिवसताक्षी नगरपालिकाका तर्फ बाट जर्सि नम्बर १२ का उमेश दनुवारले १ गोल, जर्सि नम्वर १४ का सचिन  श्रेष्ठले  १ गोल र जर्सि नम्बर ९ का श्रवण मल्लिकले ३ गोल गरेर आफ्नो टिमलाई विजयी दिलाउनु भएको हो ।


त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा कचनकवल गाउँपालिकालाई शुन्य का विरुद्ध २ गोल गर्दै कमल गाउँपालिका फाईनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकाका तर्फ बाट जर्सि नम्वर ८ का सुभास दाहलले १ गोल र जर्सि नम्वर १२ ल सुरज आङ्गदेम्बेले १ गोल को मद्धतले आफ्नो टिमलाई विजयी गराउनु भएको हो ।

प्रतियोगिताको फाईन आगामी शनिरवार दिनको १ बजे कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका बिच कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा फाईनल खेल हुने आयोजक संमितिका संयोजक सूर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend