logo
शुक्रबार, साउन २९ २०८३

अर्जुनधारा नगरपालिका सेमिफाईनलमा प्रवेश


  • कुइनेटो न्युज
  • बुधबार, माघ १६ २०८१

कमल । झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामा मंगलवार सम्पन्न खेलमा अर्जुनधारा नगरपालिका सेमिफाईनलमा प्रवेश गरेको छ ।

कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा सञ्चालित अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामा अन्तर्गत क्वटर फाईनल खेलमा भद्रपुर नगरपालिकालाई शुन्यका विरुद्ध १ गोल गर्दै अर्जुनधारा नगरपालिका सेमिफाईनलमा प्रवेश गरेको छ ।

खेलको म्यान अफ द म्याच अर्जुनधारा नगरपालिकाका जर्सि नं ७७ का बलदास राई हुनुभएको थियो ।

आज बुधवार हुने पहिलो खेल शिवसताक्षी नगरपालिका र विर्तामोड नगरपालिका बिच हुनेछ भने दोश्रो खेल दकम नगरपालिका र कमल गाउँपालिका तथा तेश्रो खेल कचनकवाल गाउँपालिका र कनकाई नगरपालिका विच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend