logo
शुक्रबार, साउन २९ २०८३

सहारा नेपाल साकोस केर्खा सेवा केन्द्र द्वारा इलामको चुलाचुलीमा एक दिने पशुपालन व्यवस्थापन तालिम प्रदान


  • कुइनेटो न्युज
  • मंगलबार, माघ १५ २०८१

कमल । सहारा नेपाल साकोस केर्खा सेवा केन्द्रको आयोजनामा एक दिने पशुपालन व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

इलामको चुलाचुलीमा रहेका सदस्यलाई लक्षित गरी आयोजना गरिएको तालिमा सो क्षेत्रमा पशुपालन गर्दै आउनुभएका ३५ जना भन्दा बढी सदस्य सहभाग रहनु भएको थियो ।

तालिमा सहभागी सदस्यलाई पशुस्वास्थ्य प्राविधिक प्रविण कोइराला र विनोद दाहालले पशुमा लाग्ने विभिन्न प्रकारका रोग, तिनको रोकथाम तथा उपचार, आहार व्यवस्थापन तथा पशुको हेरचाह सम्बन्धी सहजीकरण गर्नु भएको थियो ।


पछिल्लो समय पशुमा विभिन्न प्रकारका समस्या आएको कारण पशुपालन व्यवसाय धराशायी बन्दै गइरहेको छ । यस्तो अवस्थामा पशुपालन व्यवसाय बाट सदस्यले आम्दानी लिन नसकिरहेको अवस्थालाई न्यूनिकरण गर्दै सदस्यको आया आर्जनमा वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको केर्खा सेवा केन्द्रका प्रमुख विकास गिरीले बताउनु भयो ।

तालिम कार्यक्रममा संस्थाका मुख्य कार्यलयको तर्फ बाट विनोद दाहाल लगायतका सदस्यको उपस्थिति रहेको थियो ।

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend