logo
मंगलबार, कार्तिक ११ २०८३

साेनाम ल्हाेछार २८६१ काे अवसरमा झापाको शिवसताक्षीमा तामाङ सास्कृतिक महाेत्सव सञ्चालन हुने


  • गोविन्द ल्वागुन
  • शनिबार, माघ १२ २०८१

शिवसताक्षी ।साेनाम ल्हाेछार २८६१ काे अवसरमा झापाको शिवसताक्षीमा तामाङ सास्कृतिक महाेत्सव २०८१ हुने भएको छ ।

नेपाला तामाङ घेदुङ शिवसताक्षीको आयाेजना तथा टासी धार्गेलिङ गुम्बा ब्यबस्थापन समितिको ब्यबस्थापन मा यहि माघ १७ गते देखि १९ गते सम्म मनाउने भनी कार्यक्रम स्थल टासी धार्गेलिङ गुम्बा परिसरमा आज पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

तामाङ समुदायको मौलिक पर्व भएकोले यसको जगेर्ना साथै पर्वधन गर्नको लागि तामाङ सस्कृतिक महोत्सव २०८१ हुन लागेको आयोजक नेपाल तामाङ घेदुङ शिवसताक्षीका अध्यक्ष नवीन मोक्ताङले बताउनु भयो ।

उक्त महोत्सवमा १७गते उद्घाटन तथा पुजा १८ गते प्रबचन हुने धर्म गुरु बाट र १९ गते तामाङ सास्कृतिक कार्यक्रम २०८१ हुने बताइएको छ । सो अवसरमा सो अवसरमा राष्ट्रिय कलाकार जीवन बम्जन लगायत विभिन्न कलाकारहरुको बेजोड प्रस्तुति रहने समेत हुने पत्रकार सम्मेलनमा जनाइएको छ ।

झिलझिले उत्तरमा रहेको टासी धार्गेलिङ गुम्बा परिसरमा हुने उक्त कार्यक्रममा शिवसताक्षी नगरबासी लगायत छिमेकी पालिकाहरु कमल गाउपलिका र कनकाइ नगरपालिकाबाट धेरै मात्रमा जन सहभागिता हुने अपेक्षा गरिएको टासी धार्गेलिङ गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष डिके लामाले जानकारी दिए ।

उनका अनुसार यश कार्यक्रमलाइ सफल बनाउनको लागि विभिन्न उपसमिति हरु गठन गरि कामको जिम्मेवारी बाड्फाड गरि सकिएको बतए ।

पत्रकार सम्मेलनमा नेपाल घेदुङ प्रदेश समिती सदस्य जस कुमार तामाङ, नगर समिती कोषाध्यक्ष छिरिङ मोक्ताङ, सद्स्यहरु लासाङ तामाङ ,मुना तामाङ गङ्गा स्याङतन लगायतको सहभागिता रहेको थियो ।

उक्त भब्य कार्यक्रम सफल बनाउन करिब ८ लाख खर्च हुने अनुमान गरिएको बताइएको छ भने उद्घाटन नगर प्रमुख मेगाहाङ थोप्राले गर्ने तय भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend