कमल । नेपाल भेटेरिनरी काउन्सिलको आगामी माघ ५ गते सम्पन्न हुन गईरहेको निर्वाचनमा काउन्सिलको सदस्य पदमा डा. प्रकाश यादवले उम्मेद्वारी दिनुभएको छ ।
कोशी प्रदेशको सिफारिसमा डा. यादवले काउन्सिलको सदस्य पदमा उम्मेद्वारी दिनुभएको हो ।
पशु स्वास्थ्य महाशाखा बाट सेवा प्रवेश गर्नु भएका यादव कृषि अनुसन्धान परिषद हुँदै हाल कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीका कार्यरत हुनुहुन्छ ।