logo
शुक्रबार, साउन २९ २०८३

पहिलो खेलमा आयोजक सृजनशील विजयी


  • कुइनेटो न्युज
  • सोमबार, पुष २९ २०८१

कमल । झापाको कमल गाउँपालिकामा संचालित प्रथम सृजनशील नकआउट फुटवल प्रतियोगिता २०८१ को पहिलो खेलमा आयोजक सृजनशील युवा क्लाव विजयी भएको छ ।

आयोजक सृजनशील युवा क्लवले गतीशील युवा क्लव गौरादहलाई ३ शुन्य गोलको अन्तरले हराउदै विजयी भएको हो ।
आजको खेलको म्यान अफ द म्याच आयोजकका तर्फ आषिश लावती हुनुभएको छ ।

वहाँले नगद १५ सय का साथै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।

गाउँपालिकाको वडा नम्वर ७ गेउरीया स्थित सुजनशील युवा क्लवको आयोजनामा विष्णुकठ्ठाको खेलमैदानमा प्रतियोगिता सन्चालन भै रहेको छ ।

“लागु औषध दुव्र्यशन विरुद्धको बोल, हाम्रो यो गोल” भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्धाटनमा सत्रमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई,वडा अध्यक्ष, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतियोगितामा प्रथमहुने टिमले नगद ५० हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रो ह्ने टिमले नगद ३० हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै विधागत खेलमा प्लेयर अफ द टुर्नामेन्टले ३ हजार ५ सय , ईमर्जिङ प्लेयर , वेष्ट गोलकिपर, वेष्ट डिफेण्ड, प्लेयर अफ द म्याचलाई जनही २ हजार ५ सय नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने क्लवका सचिव विक्रम निरौलाले बताउनु भयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend