कमल गाउँपालिकामा अन्तर वडा स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित बुद्धिचाल प्रतियोगिताको उपाधि वडा नम्बर ७ का समिर भण्डारीले प्राप्त गर्नु भएको छ ।

भण्डारीले नगद ८ हजार रुपैयाँका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भएको छ भने वडा नम्बर ४ का गंगाराम गहतराज उपविजेता हुनु भएको छ । वहाँले नगद ५ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भएको कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक सन्तकुमार मगरले जानकारी दिनुभयो ।
कमल गाउँपालिकाले पछिल्लो समय खेलकुदका क्षेत्रमा धेरै काम गरिरहेको छ । फुटबल , भलिबल र क्रिकेटका साथै यस्ता प्रतियोगिताले खेलाडीलाई थप शसक्त बनाउदै अगाडि बढ्न सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
कमल गाउँपालिका ४ स्थित होटल ल्यान्डको सभाहलमा सम्पन्न प्रतियोगितामा कमल गाउँपालिकाका २० जना युवा सहभागी रहेका थिए ।