logo
शुक्रबार, साउन २९ २०८३

पत्रकार सहारा उपचार कोषमा सहयोग


  • कुइनेटो न्युज
  • बिहिबार, पुष १८ २०८१

बिर्तामोड,  नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सहयोग गर्नेक्रम जारी रहेको छ ।

यसैबीच बुधबार बिर्तामोड–१ निवासी रोचक र मञ्जु बस्नेतले आफ्नी छोरी एमीको जन्मोत्सवको अवसर पारी १५ हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोडस्थित होटल टाइमलेसका सञ्चालक रहेका बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गरेका हुन् ।

उक्त अवसरमा बस्नेतका पिता जितेन्द्र, माता सुलोचना, छोरी अमण्डा लगायतको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी झापाका अग्रज पत्रकार शिरो सान्दाइ खतिवडाले पत्रकार सहारा उपचार कोषका लागि १५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

महासंघ झापाको ३६औं स्थापना दिवसमा उनले अध्यक्ष गिरीलाई उक्त रकमको चेक प्रदान गरेका थिए ।
पत्रकार सहारा उपचार कोषमा हाल एक करोड ११ लाख रुपैयाँ रहेको छ ।

कोषको ब्याजबाट पत्रकारहरु घाइते हुँदा, बिरामी हुँदा, पत्रकार महिला सुत्केरी हुँदा, पत्रकारको परिवारमा मरिमराउ हुँदा तथा महासंघका सदस्यको निधन भएमा उपचार तथा राहत प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend