logo
शुक्रबार, साउन २९ २०८३

धरमपुर सहकरी संस्था द्वारा सामुदायिक बिध्यालयका बिपन्न बिध्यर्थीलाइ न्यानो कपडा बितरण


  • गोविन्द ल्वागुन
  • मंगलबार, पुष २ २०८१

शिवसताक्षी । शिवसताक्षी १ मा रहेको धरमपुर सहकरी बचत तथा ॠण सहकारी सस्थाले आज ३ सामुदायिक बिध्यलयका बिपन्न बिध्यर्थीहरुलाइ न्यानो स्विटर बितरण गरेको छ ।

शिक्षासँग बालबालिका कार्यक्रमअन्तर्गत सहकारी संस्थाले  आज शिवसताक्षी ७ फाक्तेप स्थित बाल सेवा आधारभुत बिध्यालय , सोही पालीकाको वडा नम्बर ८ डुडामारी स्थित भगवती आधारभुत बिध्यालय र सोही पालिकाको वडा नम्बर ४ स्थित त्रिभुवन माध्यमिक बिध्यालयका बिपन्न बिध्यार्थीहरुलाइ न्यानो कपडा स्वीटर बितरण गरिएको सस्थाका ब्यबस्थापक बिनोद ढकालले जानकरी दिनु भयो ।

उहाका अनुसार जाडो मौसमाइ मध्यनजर गरि ९१ जना बिपन्न बिध्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरिएको बताइएको छ
उक्त सहकारी संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्दै माथी उल्लेखित बिध्यालयहरुमा स्वीटर बितरण गरेको संस्थाको अध्यक्ष कुमर शंकरले बताउनु भयो ।

उहाको अनुसार सस्थाले हरेक बर्ष सस्थाको नीति अनिसार सामुदायिक बिध्यलयमा बिपन्न परिवारका छोराछोरीहरु अध्यान गर्ने भएकोले यो जाडोमा थोरै भए पनि मलम पट्टी लगाउनको लागि न्यानो स्वीटर बितरण गरिएको अध्यक्ष शंकरको भनाइ छ ।

न्यानो कपडा स्वीटर बितरण कार्यक्रममा सस्थाका तर्फबाट अध्यक्ष कुमार शंकर, उपाध्यक्ष चन्द्र कुमार खड्का,सचिब नरदमणि रिमाल,कोषाध्यक्ष जयकुमारी चेम्जोङ,सदस्य चक्रबहादुर माझी, सल्लाहकार नगेन्द्रबहादुर बोहोराको सहभागिता रहेको थियो ।

त्यसै गरि बिध्यालयको तर्फबाट स्वीटर बितरणमा बालसेवा आधारभुत बिध्यालयका प्रधानध्यपक बेनु प्रसाद कार्की, बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुन, सद्स्य प्रेम रोक्का, त्रिभुवन माध्यमिक बिध्यलयमा त्यस बिध्यालयका प्र अ नारायण प्रसाद चापागाइ, बिब्यस अध्यक्ष महेश्वर दुलाल,वाडा सदस्य लगायत अबिभावक कृष्णकुमारी परियार त्यस्तै भगवती आधारभुत बिध्यलयमा सोही बिध्यालयको बिब्यस अध्यक्ष भक्तबहादुर निङ्लेकु, प्र अ टेक बहादुर थापामगर,वडा सद्स्य टिकामाया बिस्वकर्मा को शुभकामना मन्तब्य रहेको कार्यक्रममा अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend