logo
शुक्रबार, साउन २९ २०८३

९ औं चासोक तङनामको आयव्याय सार्वजनिक


  • उमानाथ भण्डारी
  • बुधबार, मंसिर २६ २०८१

कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा सम्पन्न ९ औं चासोक तङनामको आयव्याय सार्वजनिक गरिएको छ ।

याक्थुम युवा मञ्च कमलकाको आयोजनामा गत मंसिर २३ गते सम्पन्न चासोक तङनामको आयव्याय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

याक्थुम लिम्बु समुदायहरुको मौलिक उद्यौली पर्व येले तङवे ५०८४ चासोक तङनाम (न्वागी पुजा) सञ्चालन गर्दा भएको आय व्याय लाई पारदर्शिता बनाउनकालागी पत्रकार सम्मेलन गरी हिसाव सार्वजनिक गरिएएको याक्थुम युवा मञ्च कमलका सल्लाकार बसन्त सुब्बाले बताउनु भयो ।

सार्वजनीक गरिएको हिसाबमा विभिन्न सहयोग दाता बाट प्राप्त १० लाख ९० हजार ८२६ रुपैया र व्ययतर्फ सांस्कृतिक राष्ट्रिय कलाकारकालागी २ लाख २० हजार, साउण्ड सेट १ लाख १० हजार , स्टेज सजावट सिलाम सक्मा ३५ हजार च्याब्रुङ खर्च ९५ हजार रुपैया लगायत विभिन्न शिर्षकमा गरी जम्मा ७ लाख ९० हजार ३२६ रुपैया खर्चगरी ३ लाख ५ सय रुपैया बचत भएको चासोक तङनाम कार्यक्रमका आर्थिक संयोजक मिलन लिवाङ लिम्बुले बताउनु भयो ।

याक्थुम युवा मञ्च कमलकाका अध्यक्ष आशिष लेक्षर्वो लिम्बुको अध्यक्षातामा भएको पत्रकार सम्मेलनमा उपाध्याक्ष प्रकाश आङ्वो, सचिव मनोज लिम्बु, आर्थिक समिति सदस्य तर्क सुब्बा, सन्तोस मेन्याङ्वोलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend