logo
शुक्रबार, साउन २९ २०८३

सवारी र्दुघटनामा एक जनाको मृत्यु


  • कुइनेटो न्युज
  • बुधबार, मंसिर १२ २०८१

कमल । झापाको शिवसताक्षीमा भएको सवारी र्दुघटनामा एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–१ कमल पुलस्थित पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो र बिपरित दिशाबाट जाँदैं गरेको मे ६ प २५१४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी ८ का ३५ वर्षिय ललितबहादुर थापा घाइते हुनुभएको थियो । वहाँलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएर उपचार भइरहेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend