logo
शुक्रबार, साउन २९ २०८३

नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं ५ ,झापाको पछिल्लो वैठकको निर्णय सार्वजनिक


  • कुइनेटो न्युज
  • सोमबार, मंसिर ३ २०८१

कमल ।  नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं ५ ,झापाको पछिल्लो वैठकको निर्णय सार्वजनिक भएको छ ।

क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ५ ,झापाले गत भाद्र २७ गतेमा  बसेको बैठकको निर्णय नम्बर ६ कार्यान्वयनका लागि क्षेत्रभित्रका पालिकाहरुमा पालिका स्तरमा नेताहरुको उपस्थितीमा स्थानिय तहका जनप्रतिनिधी (कार्यपालिका सदस्यहरु सम्म) क्षेत्र समन्वय कमिटीका पदाधीकारीको संयुक्त वैठक बसी निम्न बमोजिम छलफल निर्णय र निर्देशन समेत प्राप्त भयो ।

बैठक सम्पन्न भएका पालिकारुको मिति

१ कमल गाउँपालिका २०८१ साल कार्तिक २९ गते ।
२ दमक नगरपालिका २०८१ साल मंसिर १गते ।

३ गौरादह नगरपालिका २०८१ साल मंसिर २  गते  ।

छलफलका मुख्य बिषय हरु

१. जनप्रतिनिधि र पालिकाको कामको मअयावधिक समिक्षा सम्बन्धमा ।
२ . समाजबाद उन्मुख कार्यक्रम एवं आगामी आर्थिक वर्षका  लागि योजना छनौट सम्वन्धमा ।
४ जनप्रतिनिधिको आचारसंहिता सम्वन्धमा ।

   मध्यावधिक समिक्षाको बारेमा छलफल गर्दै वडातह सम्मका स्थानीय तह संचालन संयन्त्रलाई कृयासिल बनाउदै तोकिएको समयमा      पालिकासभादल मार्फत समिक्षा प्रतिवेदन समन्वय कमिटीमा पेशगर्ने ।

    आगामी बर्षका योजना छनौट गर्दा पार्टीका अगुवा ,अनुभव प्राप्त नेताहरुका साथै विषय बिज्ञ हरुको समेत परामर्शमा संविधानमा उल्लेख भएका मौलिक हकलाइ आधार मान्दै समाजबाद उन्मुख योजना छनौट गर्न प्रयत्न गर्ने ।

    पालिकाहरु संचालनमा आएका समस्या , कार्यपालिका बैठक अवरुद्ध लगायत अन्य गतिविधिमा देखिएका समस्याको बारेमा सभादल अध्यक्षका साथै अन्य आन्तरिक समस्याका बिषयमा पालिका उपप्रमुख, वडा अध्यक्षहरु बाट समेत रिपोर्टिङ प्राप्त भयो ।

कमल गापाको बैठक बाट प्रदेश सभासद द्वयको संयुक्त उपस्थितिमा बैठकको आयोजना गर्ने ,गौरादहमा पार्टी नेतृत्व र जनप्रतिनिधिको ,प्रतिनिधि मुलुक नेतृत्व बिच यथाशिघ्र दोश्रो पटक छलफलको आयोजना गर्ने , दमकमा स्थानीयतह संचालन संयन्त्रलाई वडास्तर सम्म कृयाशिल बनाउने साथै जनप्रतिनिधि र पार्टी बिच समन्वयात्मक ढंगले कार्य सम्पन्न गर्ने ।

  समस्या समाधान र अन्य समसामयिक गतिविधिको बारेमा नेताहरु बाट जानकारी एवं निर्देशन लाई आ आफ्नो कार्यक्षेमा लागुगर्ने  ।

 ६ बैठकमा आमन्त्रितको रुपमा केन्द्रिय कमिटी सदस्य एवं झापा जिल्ला कमिटी इन्चार्ज रोमनाथ ओलि ,केन्द्रिय कमिटी सदस्य एवं क्षेत्रनं ५का इन्चार्ज दिपक कार्की ,प्रदेश सभासदहरु,पालिका कमिटीका इन्चार्जहरु, प्रदेश लेखा कमिटी अध्यक्ष,जिल्ला कमिटीका उपाध्यक्ष ,जिल्ला समन्वय समिति प्रमुख ,जिल्ला समन्वय समिति सदस्य ,प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजकहरु,पालिका कमिटीका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

यस्ता बैठकले जनप्रतिनिधी, पार्टी र संसदीय दल बीच साथै पार्टी नेता र कार्यकर्ता बीचको पारस्पारिक सम्बन्ध र एकतामा सकारात्मक योगदान पुर्याउने विश्वस व्याक्त गर्दै बैठकमा उपस्थित पार्टीका नेताहरु, संसदीयदलका नेता ,उपनेता सहित सम्पुर्ण सहभागी पदाधिकारी एवं सदस्यहरुलाई हार्दिक आभार एवं धन्यवाद व्याक्त गर्दै बैटकको अध्यक्षको तर्फ बाट समन्वय कमिटीका संयोजक नारायण प्रसाद गौतमले बैठकको समापन भएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend