कमल । फेस नेपाल, शिवसताक्षिको आयोजनामा प्रथम शिवसताक्षि रन–२०८१ सम्पन्न भएको छ ।
शनिवार बिहान सम्पन्न भएको प्रतियोगिता शिवसताक्षि १० स्थित कनकाई नदिको पुलबाट शुरु भई धार्मीक स्थल सतासिधामसम्म १० किलोमिटर खुल्ला पुरुष र महिला रन सम्पन्न भएको थियो भने १४ वर्ष मुनिका केटा र केटी तथा भेट्रान पुरुष र महिला ५ किलोमिटर दौड प्रतियोगिता भएको थियो 
५ सय ५० जना सहभागी रहेको प्रतियोगितामा १४ वर्ष मुनिका केटा र तर्फ लाक्पा सेर्पा, अशविन श्रेष्ठ, रोहन माझि, मन कुमार लिम्बु र प्रविण यादव तथा केटी तर्फ जुहि राई,बनिता राइ, शिखा घिमिरे, सिमरन घिमिरे र भेट्रान पुरुष तर्फ अभि नारायण अधिकारि, विजय कुमार राई, लक्ष्मण अधिकारि, नवराज कार्कि, मंगलसिह तामाङ तथा भेट्रान महिला तर्फ जमुना लिम्बु, कुसुम लिम्बुले निर्धारित दुरी पार गरी विजयी बन्नु भएको थियो ।
त्यस्तै खुलला पुरुष तर्फ करण रावल, रमेश लिम्बु, धनु मथन्धर, सरोज सिंह, ओशन राई तथा महिला तर्फ ईन्द्रकला नेम्बाङ, पुष्पा सेर्मा लिम्बु, सुनकला राई, जुबिन राई, रजनि श्रेष्ठ निर्धारित दुरी पारगरी विजयी हुनुभएको फेस नेपालको सल्लाहकार दुर्गा नेम्बाङले जानकारी दिनुभयो ।
कविराज चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिशिवसताक्षी नगरपालिकाका नगर प्रमुख रोशन थोप्रा, बिशिष्ट अतिथि नेपालि सेना अरिदमनगण चारआलिका गणपति प्राजु बस्नेत जिल्ला ट्राफिक प्रहरी प्रमुख गणेश पौडेल ,सम्मानित व्याक्ति दुर्गा नेम्बाङ लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।