logo
शुक्रबार, साउन २९ २०८३

अर्जुनधारामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ


  • कुइनेटो न्युज
  • मंगलबार, असोज २९ २०८१

झापा । झापाको अर्जुनधारामा एकजना व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् /

आज दिउँसो ३.५० बजे अर्जुनधारा नगरपालिका वडा नं.३ दार्जिलिङ डाँडाका भरत कुमालको घर आँगनमा सोही वडाको जुंगेघारी बस्ने ४६ वर्षीय बिरबहादुर चौहानले धारिलो हतियारले घाँटीमा प्रहार गरी आफ्नै श्रीमती ३७ वर्षीया मुना भुजेल चौहानको हत्या गरेका हुन् । हतियार प्रहारबाट मुनाको घटनास्थलमै मृत्यु भएको छ । हतियार प्रहार गरी बिरबहादुर फरार भएका थिए ।

जुकेखाडी सामुदायिक वनको देवीथान होल भन्ने ठाउँमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले दिउँसो ४.५५ बजे उनलाई नियन्त्रणमा लिएको डीएसपी प्रकाश विष्टले बताए । घटनाका बेला श्रीमान श्रीमती दुवैजनाले मादक पदार्थ सेवन गरेका थिए । घरायसी झैझगडाका कारण बिरबहादुरले मुनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी विष्टले बताए ।

पहिलाको श्रीमानलाई छोडेर मुना बिरबहादुरसंग आएकी थिइन् । उनीहरुका एक छोरा र एक छोरी रहेका छन् । बिरबहादुरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend