logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीको डुडामारीमा हाउजी मिनी मेला २०८१ लाग्ने


  • गोविन्द ल्वागुन
  • मंगलबार, असोज २२ २०८१

डुडामारी । झापाको शिवसताक्षी नगरपालिका ८ को डुडामारीमा हाउजी मिनी मेला २०८१ लाग्ने भएको छ ।

डुडामारी समाज सेवी क्लवको आयोजनामा भोलि असोज २३ गतेका दिन देखी छैट पर्व सम्म डुडामारी बजार परिसरमा मेला लाग्ने आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएको हो।

हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड बडा दशै शुभ दिपावली, छैट तथा उधौली उभौली पर्वलाई लक्षित गरेर मेला आयोजना गरिएको बताइएको छ ।

मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साङगितिक प्रस्तुति रहनुका साथै हाउजी बिङ्गो तम्बोला खेल समेत हुने क्लबका अध्यक्ष सन्त आङ्देम्बेले बताउनु भयो ।

मेला आजै बाट लगाउने भनिएको भए पनि स्थानीय बिध्यालयमा परिक्षा सन्चालन रहेकोले भोलि बाट सुरु गर्न लागिएको बताइएको छ ।

मेलाबाट संकलित रकमको केही हिस्सा सामाजिक कार्यमा खर्च गरिने भएको छ । जस्तै डुडामारी बजारमा अतयन्त आवस्यक रहेको सभाहल, डुडामारी उत्तर तर्फको खेल मैदान निर्माण लगायतका कार्य गर्ने योजना रहेको क्लबका सल्लाहकार सम्योजक गङ्गाप्रसाद ओझाले जानकारी दिनुभयो ।

कार्यक्रम ब्यबस्थापक बिक्रम लावतीले मेला सब्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति हरु गठन गरि कामको जिम्मा लगाइ सकेको र हाल स्टेज बनाउने कार्य धमाधम भैरहेको जनकारी दिनु भयो ।

मेलाको उद्घाटन भोली २३ गते बेलुका शिवसताक्षी नगरपालीका उपप्रमुख नरमाय कार्कीले गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend