logo
शुक्रबार, साउन २९ २०८३

मंगलवारे बजारमा भलिबल खेलाडी (अमुख ब्यक्ति)को शालिक शिलान्यास


  • कुइनेटो न्युज
  • सोमबार, असोज २१ २०८१

कमल । झापाको कमल गाउँ पालिका–५ स्थित मंगलबारेमा भलिबल खेलाडी (अमुख ब्यक्ति)को शालिक शिलान्यास भएको छ ।

स्थानिय सगुन युवा क्लवको पहलमा निर्माण हुनलागेको शालिकको आज एक कार्यक्रमका बिच कमल गाउँपालिकाका अध्यक्ष तथा सगुन युवा क्लवका संस्थापक अध्यक्ष हुकुम सिंह राई शिलान्यास गर्नु भएको हो ।

शालिक निर्माणकालागी स्थानिय र देश बिदेशमा रहनु हुने ब्याक्तिको आर्थिक सहयोगमा शालिक निर्माणहुने क्लबले जनाएको छ ।
देशमै भलिबल खेल धारासायी बन्दै गएको अवस्थामा स्थानिय भलिबल खेलाडीले गरेको योगदानको सम्झनामा शालिक निर्माण गरिएको भलिबल खेलका पुर्व राष्ट्रिय खेलाडी तथा क्लबका सचिव रोशन दाहालले जानकारी दिनुभयो ।

सगुन युवा क्लबले भलिबल खेल बिगत २८ वर्ष देखी राष्ट्रिय तथा अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा समेत ख्याति कमाएको थियो क्लवले जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend