logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीमा जारी युवा तथा भेट्रान खेलमा युवा तर्फ १ र भेट्रान तर्फ ९ बिजयी


  • गोविन्द ल्वागुन
  • शनिबार, असोज १९ २०८१

 

शिवसताक्षी । झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिताको युवा तर्फ वडा नम्बर १ (रातो) र भेट्रान तर्फ वडा न.९ बिजयी भएको छ ।
आजको खेल सङ्गै पहिलो समीकरण पूरा भएको छ ।
धरमपुर स्थित फुलबारी रंगशालामा आज भएको पहिलो युवा तर्फको खेलमा आयोजक वडा न. १( रातो)ले वडा नम्बर ६ लाई १ का विरुद्ध ४ गोलको भारी गोल अन्तरले पराजित गरेको छ । उक्त खेलमा वडा नम्बर १ (रातो)ले वडा नम्बर ६ लाई पुरै दबाबमा राखेको थियो । खेलमा ६ न. वडाले पनि केही गोल लगाउने अवसरहरु पाएमो भए पनि १ गोल भन्दा अरु थप्न सकेन । खेल पुरै समय अवधि भर १ न.को कब्जामा रहेको थियो । यो जित सङै वडा न. १ (रातो) सेमिफाइनलमा प्रवेश गरेको खेल सम्योजक दिपक दाहालले जानकारी दिएका छ्न ।
उक्त खेलको म्यान अफ द म्याच बिजेता टिमका हरी खड्का घोषित भएका छ्न । उनले टिमका लागि ह्याटि्रक पूरा गरेका थिए ।
आजको खेल सङ्गै पहिलो समीकरण पूरा भएको छ ।
भोलि देखि दोस्रो समीकरणका खेल सुरु हुने छ । जस्मा
भोलीको खेल युवा तर्फ एक मात्र खेल वडा नम्बर ८ र १० बिच हुने खेलकुद समितिका सदस्य पेमा तामाङ बताएका छ्न ।

भेट्रान तर्फ

त्यसै गरि आजै भएको भेट्रान तर्फको खेलमा वडा नम्बर ९ बिजयी भएको छ
वडा न. ९ ले वडा न. ७ लाई ट्राइबेकरमा परजित गरि दोस्रो चरणमा प्रबेश गरेको हो ।
निक्कै रोमान्चक खेलमा निर्धारित समय सम्म गोल रहित बराबरी भएपछी खेल ट्राइबेकरमा धकेलिएको थियो र
ट्राइबेकरबाट खेलको छिनोफानो भएको हो । ट्राइबेकरमा ४ का विरुद्ध ५ गोल लगाएर वडा न. ९ ले वाडा न. ७ लाई स्तब्ध बनाउदै दोस्रो चरणमा पुग्न सफल भएको छ ।
उक्त खेलको म्यान अफ द म्याच बिजेता टिमका डिफेन्डर आजित तुम्बापो घोषित भए ।
भोलि भेट्रान खेल भने स्थगित रहने जनाइएको छ ।

। प्रतियोगिताको बिजेता टिमको युवा तर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार , उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन राईले जानकारी दिएका छन ।

त्यस्तै प्रतियोगिताको अन्य क्याटगोरीमा पनि पुरस्कार प्रदान गरिने बताइएको छ । जसमा क्रमश म्यान अफ द सिरिज ,धेरै गोलकर्ता ,उत्कृष्ट गोलकिपर ,उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजार सहित मेडल ट्रफी प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेलाइ ट्रफी प्रदान गरिने आर्थिक सम्योजक लिलाबहादुर जोशीले बताएका छ्न ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend