logo
शुक्रबार, साउन २९ २०८३

दशै विदामा पनि झापा जिल्ला अदालत खूल्ला रहने


  • कुइनेटो न्युज
  • मंगलबार, असोज १५ २०८१

झापा । झापा जिल्ला अदालत दशैको विदामा समेत खुल्ने भएको छ।

झापा जिल्ला अदालतले मंगलबार एक सूचना जारी गर्दै असोज १७ देखी ३० गते सम्म अदालत बन्द रहने समयमा बिहान ११ बजे देखी दिनको ३ वजेसम्म अदालत खूल्ला रहने जनाईएको छ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सूनुवाई गर्न र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने कार्यका लागी अदालत खुला रहने अदालत प्रशासनले जनाएको छ।

सामान्यतयः अन्य सरकारी कार्यालय दशैका अवसरमा ६ दिन दशै विदा दिने गरे तापनि देशभरका अदालतहरु भने १५ दिन बिदा दिने गरिएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend