logo
शुक्रबार, साउन २९ २०८३

बाल सेवा आधारभुत बिध्यालयको स्कुल बस खरिदकालागी चेम्जुङग द्वारा आर्थिक सहयोग


  • कुइनेटो न्युज
  • मंगलबार, असोज १५ २०८१

शिवसताक्षी । झापा शिवसताक्षी ७ स्थित बाल सेवा आधारभुत बिध्यालयको स्कुल बस खरिद अभियानको लागि सस्थापक अध्यक्ष द्वारा आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ ।

उक्त बिध्यलयको सस्थापक अध्यक्ष तथा सल्लाहकार सम्योजक समेत रहनु भएका जितेन्द्रराज चेम्जोङले बिध्यालयमा एक कार्यक्रमका बिच आज १ लाख११ हजार १ सय ११ रुपैय हस्तान्तरण गर्नु भएको हो ।

 ।
हस्तान्तरण कार्यक्रममा निजको श्रीमती सरस्वती तुम्बाहाम्फे चेम्जोङ्ग , छोरा फणेण्द्रराज चेम्जोङको उपस्थिति रहेको थियो । त्यस्तै बिध्यलय ब्यबस्थापन समितिका पदाधिकारीहरु पिटिए का पदाधिकारीहरु र शिक्षक स्टाफहरुको सहभागिता थियो ।

यस बिध्यालयमा निज सस्थापक अध्यक्षका छोराहरु फणेन्द्रराज ,टेकेन्द्रराज, भोजेन्द्र र लबुन चेम्जोङ्ग त्यसैगरी छोरीहरु ललिता ,बर्षा र सुनुहाङ्मा चेम्जोङले प्रारम्भिक शिक्षा यहि बिध्यालयबाट सुरुवात गरेको बताइएको छ ।

सस्थापक अध्यक्ष चेम्जोङले गएको फागुन २४ गते बिध्यलयको स्वर्णमहोत्सबको अवसरमा उक्त रकम बिध्यालयलाइ यातायात खरिद अभियानको लागि दिने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
यस अभियानमा सस्थापक अध्यक्षले दिनु भएको रकम नै सबै भन्दा धेरै रकम रहेको उक्त बिध्यालयका प्र अ बेनुप्रसाद कार्कीले जानकारी दिनु भएको छ । उहाको अनुसार हाल सम्म करिब २३ लाख ५० हजार बराबर रकम संकलन भएको र अझै रकम संकलन जारी नै रहेको बताउनु भयो ।

यस अभियानमा दोस्रो ठूलो रकम झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य माननीय एलपी सावाँले दिनु भएको थियो उहाले ६५ हजार ५ सय २५ रुपैयाँ दिनु भएको थियो भने तेस्रो ठूलो रकम ६२ हजार ६ सय १५ रुपैय लिलाराज आङ्देम्बे लगयत परिवारले आफ्नो दिवाङ्गत आमा गङामाया आङ्देम्बेको स्मृतिमा प्रदान गरेका थिए ।त्यसै गरि पुर्व बिध्यार्थी तथा हाल बेलायत मा कार्यरत सुनिल सम्बाहाम्फेले ५४ हजार ५ सय रुपैया आफ्नो स्वर्गबासी दाजु लोक सम्बाहम्फे र स्वर्गीय दिदी धनमाया लिम्बू ( राई) को स्मृतिमा प्रदान गरेका थिए ।
त्यस्तै पुर्व बिध्यर्थी तथा हाल हङ्कङ्गमा कार्यरत समाजसेवी चापेता सेर्माले ५१ हजार १ सय ५१ रुपैया सहयोग रकम प्रदान गर्नु भएको छ भने सोही बिध्यालयका पुर्व शिक्षक बल बलबहादुर राइले ५१ हजार रुपैया र बिध्यालयका शिक्षक स्टापहरुले एक महिनाको खाइपाइ आएको तलब बस खरिद अभियानलाइ सहयोग गर्नु भएको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनले जानकारी दिनु भयो ।

त्यसै गरि दक्षिण कोरियामा कार्यरत पुर्व बिधयर्थीहरुले एक मुस्ट २ लाख ४३ हजर बराबर , त्यसैगरी साउदी अरब बाट रोशन भट्टराईको पहलमा १ लाख बडि रकम प्राप्त भएको समेत बिध्यलयले जनाएको छ ।
त्यस्तै स्थानीय बासी, अभिभावक , ब्यबसायी, शिक्षा प्रेमी ,विभिन्न संघ सस्था लगायतले यथा सक्दो सहयोग गरि रहनुभएको र हाल सम्म आजको रकम सहित करिब २३ लाख ५० हजारको हाराहारीमा आर्थिक संकलन भएको बिध्यलयका सहायक प्र अ बमबहादुर बुडाथोकीले बताउनु भएको छ ।

स्कुल बस हाल खरिद गरेर सन्चानरत छ । स्कुल बस सन्चालनमा आए संगै बिध्यार्थी तथा अभिभावकहरुलाइ सहज भएको छ । सामुदायिक बिध्यालयमा आर्थिक सहयोग संकलन गरेर स्कुल बस खरिद गर्न सफल भएको सम्भवत यो नै देशको पहिलो हुन सक्ने बिध्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend