logo
शनिबार, साउन ३० २०८३

झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिता अन्तरगत आज भेट्रान खेलको सुरुवात


  • गोविन्द ल्वागुन
  • आइतबार, असोज १३ २०८१

धरम्पुर । झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिता अन्तरगत आज भेट्रान खेलको सुरुवात भएको छ ।

शिवसताक्षी १ नम्बर वडा खेलकुद बिकास समितिको आयोजनामा भएको खेलमा वडा नम्बर ८ ले वडा नम्बर १० लाई ० को विरुद्ध १ गोलले स्तब्ध बनायो ।
खेलमा पहिलो हाफ सम्म दुबै तर्फ गोल रहित बराबरी खेलेका थिए । तर दोस्रो हाफको १५ औ मिनेटमा वडा नमबर ८ का खेलाडी जर्सी नम्बर १९का दिवस राइले डिबक्स भित्र बाट गोलकिपरलाई बिट गरि जाली चुमाउदै गोलको खाता खोल्न सफल भएका थिए । अन्तत यो गोल नै निर्णायक गोल बन्यो अनि वडा नम्बर ८ दोस्रो चरणमा प्रवेश गर्यो ।

प्रतियोगितामा खेलको म्यान अफ दि म्याच बिजेता टिमका जर्सी नम्बर ४ का राजकुमार नेम्बाङ्ग घोषित भए ।उनलाइ खेलका प्रमुख अतिथी प्रदेश साम्सद राधाकृष्ण खनालले आकर्षण ट्रफी प्रदान गर्नु भयो ।
प्रतियोगिता अन्तरगत भोलि २ वटा खेल हुने आयोजकले जानकारी दिएको छ । जस अनुसार पहिलो खेल युवा तर्फको वडा नार २ र ३ बिच हुनेछ भने दोस्रो खेल भेट्रान तर्फको वडा नम्बर १ र ११ बिच हुने आयोजक समितिका आर्थिक सम्योजक लिला बहादुर जोशीले जानकारी दिनुभयो ।

धरमपुर स्थीत फुलबारी रंगशालामा भइरहेको प्रतियोगितामा नगरका युवा तर्फ ११ टिम र भेट्रान तर्फ ८ टिमको सहभागिता रहेको वडा खेलकुद सम्योजक दिपक दाहालले बताए ।

प्रतियोगिताको बिजेता टिमको युवा तर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार , उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन राईले जानकारी दिएका छन ।

त्यस्तै प्रतियोगिताको अन्य क्याटगोरीमा पनि पुरस्कार प्रदान गरिने बताइएको छ । जसमा क्रमश म्यान अफ द सिरिज ,धेरै गोलकर्ता ,उत्कृष्ट गोलकिपर ,उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजार सहित मेडल ट्रफी प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेलाइ ट्रफी प्रदान गरिने आयोजक समितिका सदस्य पेमा तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend