logo
मंगलबार, कार्तिक ११ २०८३

शिवसताक्षी १ स्थीत धरमपुरमा युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिता आज बाट शुरु


  • कुइनेटो न्युज
  • शनिबार, असोज १२ २०८१

धरम्पुर । झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिता आज शनिबारबाट शुरु भएको छ ।

शिवसताक्षी १ नम्बर वडा खेलकुद बिकास समितिलको आयोजनाभएको शिवसताक्षीका नगर प्रमुख मेगहाङ थोप्राले उद्घाटन गर्नु भयो ।
उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै नगर प्रमुख थोप्राले खेलकुदले मानिसलाइ स्वस्थ्य राख्नुको साथै विभिन्न कुलतबाट पनि टाडा राख्ने छ र यस्ता आयोजनाले खेलाडीहरुको वृद्धिबिकास गर्ने भएकोले शिवसताक्षी नगरपालिकाले पनि खेलकुदको लागि राम्रै बजेट बिनियोजन गरिसकेको बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन खेलमा आज युवा तर्फ वडा नम्बर १ निलोले वडा नम्बर ४ लाई १ का विरुद्ध २ गोलले पाखा लगाउदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
पानी झरीको बिच भएको निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अन्तिम समयमा आयोजक निलोका जर्सी नम्बर ८ का सृजन मुखियाले उत्कृष्ट गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए ।
त्यसैगरि दोस्रो हापको १८ औ मिनेटमा आयोजक टिमका जर्सी नम्बर ८ का शृजन मुखियाको पासलाइ सदुपयोग गर्दै जर्सी नम्बर ११ का पासङ्ग तामाङ्गले उत्कृष्ट गोल गरि टिमको अग्रता दोब्बर बनाए ।
दुबै तर्फबाट गोल लगाउने अवसरहरु पाएको भए पनि खेल मैदान हिलाम्मे भएकोले गोल लगाउन पानी बादक भएको थियो ।
खेलमा फर्कदै वडा नम्बर ४ का जर्शी नम्बर ७ का अनिल महतोको पास लाई सदुपयोग गर्दै जर्सी नम्बर १३ का सन्दिप ताजपुरियाले जाली चुमाउन सफल भए र खेलमा गोल अन्तर २/१ मा झारे । त्यस पश्चात् दुबै तर्फबाट गोल हुन नसके पछि आयोजक निलो २ / १ गोल अन्तरले बिजयी भयो ।
प्रतियोगितामा खेलको म्यान अफ दि म्याच बिजेता टिमका जर्सी नम्बर ८ शृजन मुखिया घोषित भए ।उनलाइ उद्घाटन खेलका प्रमुख अतिथी नगर प्रमुख थोप्राले आकर्षण ट्रफी प्रदान गर्नु भयो ।

धरमपुर स्थीत फुलबारी रंगशालामा भएको प्रतियोगितामा नगरका युवा तर्फ ११ टिम र भेट्रान तर्फ ८ टिमको सहभागिता रहेको वडा खेलकुद सम्योजक दिपक दाहालले बताए ।

प्रतियोगिताको बिजेता टिमको युवा तर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार , उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन राईले जानकारी दिएका छन ।

त्यस्तै प्रतियोगिताको अन्य क्याटगोरीमा पनि पुरस्कार प्रदान गरिने बताइएको छ । जसमा क्रमश म्यान अफ द सिरिज ,धेरै गोलकर्ता ,उत्कृष्ट गोलकिपर ,उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजार सहित मेडल ट्रफी प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेलाइ ट्रफी प्रदान गरिने आर्थिक सम्योजक लिलाबहादुर जोशीले जानकारी दिनुभयो ।

प्रतियोगिता आन्तरगत भोलि भेट्रान तर्फको उद्घाटन खेल हुनेछ । जस अनुसारको खेल वडा नम्बर ८ र वडा नम्बर १० बिच हुनेछ ।उक्त खेलको उद्घाटन प्रदेश साम्सद राधाकृष्ण खनालले गर्ने बताइएको छ । २४ गते फुलपातीको दिन सम्म हुने प्रतियोगिताको सम्पुर्ण खेलको धरमपुर टिभी डटकम बाट प्रत्यक्ष प्रसारण हुने समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend